प्रधानमन्त्री कोस्टारिका जाँदै..

संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दैछन्।

१६ अगस्ट १९७७ मै कूटनीतिक सम्बन्ध स्थापना भए पनि यो मध्य अमेरिकी देशसँग दुईपक्षीय लेनदेनका मामिला खासै भएको इतिहास छैन ।

परराष्ट्र मन्त्रालयका अधिकारी भन्छन्, ‘औपचारिक भ्रमण ।’ परराष्ट्रका अनुसार ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभरादो क्युसेदासँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । यसका अलावा उनले कोस्टारिकाको सबभन्दा ठूलो सहर सान जोसमा नेपालले स्थापना गरेको शान्ति र हालैका प्रगतिका बारे प्रवचन पनि दिने कार्यक्रम तय भएको छ।

उनी त्यहाँ पत्नी राधिका शाक्य र भ्रमण दलका २० भन्दा बढी सदस्यसहित सेप्टेम्बर २९ मा पुग्नेछन् भने अक्टोबर ३ मा काठमाडौंका लागि उड्नेछन्। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

24973