रवि लामिछानेलाई हङकङमा लाखौंको सहयोग (+भिडियोहरु)

रवि लामिछानेलाई हङकङमा लाखौंको सहयोग

रवि लामिछानेलाई सोंच्दै नसोंचेको सहयोग, कति दिए हङकङबासीले ?

रवि लामिछानेलाई हङकङमा लाखौंको सहयोग

रबि लामिछानेसंग हङकङमा हाईकिङ

रवि लामिछानेले हङकङमा पहिलो चोटि के भने?

न्युज डेस्क / एचकेनेपाल डट कम-

सेप्टेम्बर ३० हङकङ। नेपालका चर्चित सञ्चारकर्मी तथा सामाजिक अभियान्ता रवि लामिछानेलाई हङकङेली नेपालीहरुले आर्थिक सहयोग जुटाएका छन्।

कर्णालीको कालीकोटमा १५ शैयाको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङेली नेपालीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा लामिछानेलाई आर्थिक सहयोग गरेका हुन्। लामिछानेको स्वागत तथा सम्मान कार्यक्रम र आइतवार भएको हाइकिङ कार्यक्रममा नेपालीहरुले मन खोलेर सहयोगको घोषणा गरेका हुन्।

कानून व्यवसायी देव गुरुङले १० हजार र नमोबुद्ध आमा समूहले १० हजार १ सय ९० हङकङ डलर सहयोग गरेका हुन्। त्यसैगरी, पवित्रा गुरुङले १ लाख ५ हजार रुपैयाँ र थुप्रै नेपालीहरुले लामिछानेलाई आर्थिक सहयोग प्रदान गरेका छन्।

थप जानकारीको लागि भिडियोमा हेर्नुहोलाः

चर्चित सञ्चारकर्मी रवि लामिछाने हङकङमा

न्युज डेस्क / एचकेनेपाल डट कम-

सेप्टेम्बर ३० हङकङ। नेपालका चर्चित सञ्चारकर्मी तथा सामाजिक अभियान्ता रवि लामिछाने हङकङ आएका छन्। उनी सहारा हङकङद्वारा आयोजित हाइक फर हेल्थ कार्यक्रममा सहभागीका लागि हङकङ आएका हुन्।

पोखरामा सहारा क्लवले कठिन परिस्थितिमा रहेका बालकहरुका लागि एकेडेमी संचालन गर्दै आएको छ। हङकङमा रहेको त्यसको भातृसंस्था सहारा हङकङले उक्त एकेडमीको सहयोगार्थ अर्थ संकलन गर्ने उद्धेश्यले च्यारिटी हाईक विथ रवि लामिछाने आयोजना गरिएको हो।

अन्तिम क्षण मात्र हङकङले भिसा दिएपछि आयोजकमा दौडधुप बढेको थियो। उनी जापान र दक्षिण कोरियाको कार्यक्रमपछि हङकङ आएका हुन्।

हङकङमा भएको उनको स्वागत तथा सम्मान कार्यक्रमको भाषणको पूरा भिडियो हेर्नुहोला

आइतवार भएको हाईक फर हेल्थ कार्यक्रमको भिडियो हेर्नुहोलाः





Comments

comments

Leave a Reply

25069