Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सर्वसाधारणलाई ‘गोली ठोक्छु’ भन्ने प्रहरी पक्राउ

काठमाडौं, ११ कार्तिक। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी जवान समीर आचार्यलाई रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

कमलपोखरीस्थित सिटी सेन्टरमा फिल्म हेर्न गएका आचार्यसहितको ५ जनाको टोलीले फिल्मको टिकट नपाएपछि सोही सेन्टरमा रहेको एक रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दा महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोलीले उनीहरूलाई पक्राउ गरेको समाचार समाचारपत्र दैनिकमा छापिएको छ। मादक पदार्थ सेवन गरेर अर्धचेत अवस्थामा रहेका आचार्यसहितको टोलीले सिटी सेन्टरमा किनमेल गर्न आएका सर्वसाधारणलाई गोली हानी मार्ने धम्की दिएपछि केहीबेर भागदौडसमेत मच्चिएको थियो।

महानगरीय आयुक्त कार्यालयले अभियुक्त आचार्यसहितको टोलीलाई सार्वजनिक अपराधअन्तर्गत कारबाही गर्न कमलपोखरी वृत्तलाई निर्देशन दिएको छ। उनी अपराध अनुसन्धान विभागमा काम गर्ने सिपाही भएकाले हतियार बोकेर हिँड्ने गरेको समेत प्रहरी उच्चस्रोतले जानकारी दिएको छ। कमलपोखरी वृत्तको हिरासतमा रहेका आचार्यसहितको टोलीलाई सोमबार म्याद थप गरी कारबाही अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। आचार्यसहित पक्राउ परेका अन्य चार जनालाई छुटाउन विभिन्न क्षेत्रबाट दबाब आएको भए पनि कारबाही गरेर छाड्ने प्रतिबद्धता आयुक्तको कार्यालयले व्यक्त गरेको छ।





Comments

comments

2515