Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अनसनमा मृत्यु भएका नन्दप्रसादको अन्त्येष्टि सरकारले गर्ने

काठमाडौं, ११ कार्तिक। सरकारले छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै झन्डै एक वर्ष लामो आमरण अनसनका क्रममा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्त्येष्टि गर्ने भएको छ।

नन्दप्रसादका छोरा नुरप्रसादले बाबुको शव बुझ्न र दाहसंस्कार गर्न नमानेपछि मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनको अन्त्येष्टि सरकारले गरिदिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए।

आफ्ना छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै ११ महिनादेखि आमरण अनशनमा बसेका नन्दप्रसादको गत असोज ६ मा वीर अस्पतालमा निधन भएको थियो। नन्दप्रसादका छोरा नुरप्रसादसहित परिवारका सदस्यले उनको शव बुझ्न नमानेपछि अहिलेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको समाचार कान्तिपुर दैनिक छापिएको छ।

सरकारले नन्दप्रसादको कहिले अन्त्येष्टि गर्ने भन्ने जानकारी भने दिएको छैन। मन्त्रिपरिषदले नन्दप्रसादकी पत्नी गंगामायाको जीवनयापनका लागि उचित आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ। कति आर्थिक सहयोग गर्ने भन्ने जानकारीसमेत सरकारले दिएको छैन। आमरण अनसन बस्ने क्रममा गंगामायाको स्वास्थ्य अवस्था नाजुक भएपछि सरकारले विशेष पहल गरी असोज ३१ मा उनको अनसन तोडाएको थियो।





Comments

comments

2513