Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

द.पू. क्षेत्रीय तमुधिं लण्डनको देउसीभैलो सम्पन्न

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम-
लण्डन। दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले प्रत्येक वर्ष तिहारको अवसरमा सामुदायिक भवन निर्माणको लागि देउसी भैली कार्यक्रम आयोजना गरेर आर्थिक रकम सङ्कलन् गरिँदै आएको छ।

यसवर्ष पनि सदाझै २५ तथा २६ अक्टोबर, २०१४का दिनहरुमा प्लमस्टिड, आबिवूड, वेलिङ तथा एलथाम क्षेत्रमा बडो हर्षोल्लासको साथ देउसीभैलो खेलेर दुईदिनभित्र लगभग सात हजार पाउण्ड रकम सङ्कलन गर्न सफल भएको छ। सामुहिक रुपमा क्षेत्रगत स्थानहरुका एकै थलोमा देउसीभैलो आयोजना गरिएको देउसी भैलो कार्यक्रमका संयोजक श्रीचन्द्र गुरुङले स्वयम् सहभागी यस सतम्भकारलाई पहिलो दिन भन्दा दोश्रोदिन देउसी भैलोका लागि समाजका आमासमूह तथा सदस्यहरुको बढि सहभागिता रहेको कुरा जनाए।

शायद पहिलोदिन भाईटिका भएको कारणले गर्दा सहभागी हुनेहरुमा कम देखिएको थियो। परम्परागत तमु भेषभूषामा सजिएका महिलाहरुका जमात, भट्टयाउने तथा गीत उठाउने अगुवा, धनु गुरुङको सुरिलो गीत र देउसी भट्टयाईलाई स्वरमा स्वर मिलाएर चारजोर मादल र खैंजडीको तालमा देउसीभैलो गुञ्जायमान हुंदाको माहोलले त्यस क्षेत्रलाई नेपालको एउटा गाउँमा देउसीभैलो खेल्दै गरेको अनुभूति दिईरहेको थियो।

दोस्रो दिनको अन्तिम चरणमा सारादेवी गुरुङले पनि आफ्नो मधुर स्वर र लयमा देउसी गीत भट्टयाईकी दिईन्। कार्यक्रमको अन्तिम चरणको देउसीभैलो एलथाम निवासी ले.रि. आसबहादुर गुरुङको निवासमा सम्पूर्ण एलथाम क्षेत्रलाई समेटेर एकै थलोमा सम्पन्न गरिएको थियो। देउसीभैलो समूहलाई आर्थिक दानदिँदै आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा ले.रि. आसबहादुर गुरुङले समाजको लागि सबै समर्पित भएर लाग्नुपर्ने बताए।

कार्यक्रम संयोजक श्रीचन्द्र गुरुङले दुईदिन भित्र देउसीभैलो खेलेर प्राप्त रकमका दानकर्ताहरु र दान प्रदान गरिएका रकम बारे प्रकाश पारेका थिए। उनले दुईदिनसम्म अथक मिहिनेत, ऐक्यबद्धता तथा समाजका लागि सहयोग पु’र्याएका सम्पूर्ण महानुभावहरुलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे।

विशेष गरी यम गुरुङ, तारा गुरुङ, ले.रि. आसबहादुर गुरुङ दम्पतिलाई देउसीभैलो समूहका लागि आ–आफ्नो निवासमा भोजन र पेयपदार्थको आयोजना गरेर सौहाद्रताको उदहारण दिएकाले आभार तथा धन्यवाद व्यक्त गरेका थिए। समाजकी महिला प्रतिनिधि निर्मला गुरुङले बिएफबिएस गुर्खा रेडियोको अनुरोधमा नेपालमा बाढपीडित सिन्धुपाल्चोक जनसमुदायका लागि समाजबाट एकलाख छत्तीस हजार रकम उठाएर सहयोग प्रदान गरेको कुरा प्रकाश पारेकी थिईन्। अन्तमा समाजका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङले समाजका सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेर यससालको देउसीमैलो कार्यक्रम समापन गरेका थिए।





Comments

comments

2529