Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा डा. त्रिपाठी समालोचक शिरोमणि पदद्वारा सम्मानित

विजय थापा / एचकेनेपाल डट कम –
भर्जिनिया। अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाली साहित्यका प्रकाण्ड विद्वान, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, नेराप्रपका पूर्वकुलपति मदन पुरस्कार विजेता डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिदै उहाँलाई समालोचक शिरोमणि पदद्वारा विभूषित गरिएको छ।

अभिनन्दन कार्यक्रममा अमेरिकाबाट संचालित साहित्यिक बिधुतिय पत्रिका खसखस डटकमको तर्फबाट संचालक तथा साहित्यकार बासु श्रेष्ठले डा त्रिपाठीलाई अभिनन्दन गर्नु भएको थियो। उक्त सम्मान कार्यक्रम अमेरिकास्थित अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा लक्ष्मी जयन्तीका अवसरमा अभिनन्दन गरिएको हो।

अभिनन्दन समारोहमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत ऋषिराम घिमिरे एवं विशिष्ट अतिथिमा अमेरिका लागि नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महतले मन्तब्य राख्नु भएको थियो।

सो अवसरमा प्रा. डा. वासुदेव त्रिपाठीको व्यक्तित्व एवं कृतित्वका सन्दर्भमा प्राध्यापक श्री हरि धिमिरे, सोमनाथ धिमिरे, एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका अध्यक्ष बसन्त श्रेष्ठ, कवि पुरुषोत्तम सुबेदी, नेपाली आख्यान विधाका चर्चित व्यक्तित्व कृष्ण धारावासीले प्रकाश परेका थिए। अभिनन्दन कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले प्राध्यापक वासुदेव त्रिपाठीलाई नेपाली साहित्यका महाराजाको संज्ञा दिएका थिए।

उपन्यासकार होमनाथ सुवेदीको अध्यक्षता तथा अभिनन्दित व्यक्तित्व प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको दोश्रो सत्रको कार्यक्रममा डा. कल्पना सत्यालको बैशको रुख कविता सग्रहको विमोचन एवं प्रस्तुत कृतिको टिप्पणी सहप्राध्यापक सोमनाथ धिमिरेले गरेका थिए।

कार्यक्रममा प्रतियोगितात्मक वाल तथा वयस्क पनि समाबेश गरिएको थियो भने प्रतियोगितात्मक कवि गोष्ठीका विजेता कवि तथा कवयित्री सबैलाई स्व. कवि चेतकान्त चापागाई स्मृति पुरस्कार नगदसहित प्रमाण पत्र वितरण गरिएको थियो।

उक्त अभिनन्दन कार्यक्रम अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार ,पत्रकार ,गीतकार गोविन्द गिरी प्रेरणाको संयोजकत्वमा अभिनन्दन समारोह समिति गठन गरिएको थियो l





Comments

comments

2527