Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेःवा दवु कोलोराडोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका। नेपाल संम्बत ११३५ को उपलक्ष्यमा कोलोराडो निवासी नेवारी समुदायले रक्तदान कार्यक्रमको आयोजना गरि एक आपसमा शुभकामना आदान प्रदान गरेका छन्।

नेवा दवु कोलोराडोको आयोजनामा शुक्रबार कोलोराडोको बोल्डरस्थित रक्त संचार केन्द्रमा सम्पन्न रक्तदान कार्यक्रममा २ महिला ३ पुरुष गरि ५ जनाले रक्तदान गरेका हुन्।

रक्त दान गर्न ईच्छुक १५ जना भन्दा बढि भएपनि भर्खर परिवर्तन भएको नियममा ३ वर्ष अमेरीका वाहिर नगएको हुनु पर्ने नियमले गर्दा ५ जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए। अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा सो समयमा देश नछोडेको हुनु पर्ने कारण रक्तदान गर्न नपाएको नेवा दवुका भुषण श्रेष्ठले बताए।

रक्तदान जीवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा दिनेश श्रेष्ठ, रमीता तुलाधर, सुनु श्रेष्ठ, रबि जोसी र राजु गुरुङ्ग रहेका छन्। रक्त संचार केन्द्रमा चार सय ८० पटक ६० ग्यालेन शरिरमा रहेको प्लेटलेट दान गरेका कोलोराडो निबासी भर्जिल ओसनको फोटो सझाएर राखिएको थियो। सामान्य अबस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भएपनि प्लेटलेट चाहि हरेक दुई सातापछि दिन मिल्ने रक्त संचार केन्द्रका कर्मचारीहरु बताउंछन् । बयोबृद्ध ८० बषिय भर्जिल ओसन अहिले सम्म आफैं रक्त संचार केन्द्रमा आई रक्तदान गर्ने गरेका छन्।

पौराणिक मान्यता अनुसार भक्तपुरका राजा राघब देवलाई उनका ज्योतिषले साईत जुराई काठमाडौं बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए। सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए। काठमाडौंमा ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानिसले काठमाडौंदेखि बालुवा किन लांदैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए। पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो। त्यही सुन बेची शंखधरले सबै नेपालीको ऋण तिरी दिई नेपाल संम्बत चलाएको बताइन्छ।





Comments

comments

2504