Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली घरको आयोजनामा बोल्डर डाउन टाउनमा देउसी

नतिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका। कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहार नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर डाउन टाउनमा देउसी खेली मनाएका छन्।

विशेष गरि नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, संस्कृति तथा भेषभूषाको जानाकारी गराउन तथा अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको हो। यस्ता कार्यक्रमले मातृभूमिप्रतिको कर्तव्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको संस्कृति पहिचाहन गराउने नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले बताए।

विगत ६ बर्षदेखि कोलोराडोमा क्रियाशील नेपाली घरले नेपालीहरुको भाषा, संस्कृति, रितीरिवाज, तथा भेषभुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक वर्ष देउसी भैलोलगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ।

बोल्डर डाउन टाउनको कोर्ट हाउस अगाडी सम्पन्न देउसी, कार्यक्रममा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिती रहेको थियो। त्यस्तैगरी उपस्थित कतिपयले जातीय पहिरन लगाएर आएका थिए भने पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भएका थिए।

नेपालीहरुको साझा संस्था नेपाली घरको सकृयतामा सम्पन्न देउसीमा झण्डै ४ हजार डलर संकलन भएको संस्थाका अध्यक्षले बताएका छन्। उनले संकलित सबै रकम नेपालीहरुको संस्कृति, रितीरिवाज, तथा भेषभुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउन एउटा संस्कृती केन्द्र नेपालीघर निमार्णको सहयोगार्थ नेपाली घरको खातामा जम्मा गरिने बताएका छन्।

यस वर्ष बोल्डर डाउन टाउन बाहेक बुधबार, बिहीबार, शुक्रबार बोल्डर र लङमन्टका विभिन्न स्थानमा देउसी भैलोको कार्यक्रम सफलताका साथ सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए।





Comments

comments

2502