Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारमा बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाइयो

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
दोहा–कतार। किरात याक्थुङ्ग चुम्लुङ्ग कतारले बलिहाङ्ग तङ्गनाम ५०७४ हर्षोल्लासका साथ मनाएको छ। चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नाम्लिङगेक लारिङगेक खेल्दै कार्यक्रमलाई रोचक बनाइएको थियो।

लिम्बु समुदायको अन्यन्त लोकप्रिय केलाङ्ग सहितको कार्यक्रममा चुम्लुङ्ग जयेन्द्र जवेगुको टिमसहित कार्यक्रममा उपस्थिति भएका अतिथिहरुले च्याव्रुङ्गको ध्वनीसंगै केलाङ्ग गरेका थिए। श्याम सुहाङ्ग हुक्पा चोङ्गवाङ्गले नाम्लिङगेक लारिङगेकको लागि मुन्धुम भट्याउन अगुवाई गरेका थिए।

सुनुवार सेवा समाजका अध्यक्ष नरबहादुर सुनुवार प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुखअतिथि सुनुवार, किरात यायोख्खाका उपाध्यक्ष रविन राई, किरात राष्ट्रिय प्रवासी मञ्च कतारका अध्यक्ष किरण लिङ्गदेनले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरु दाजुभाई दिदीबहिनीहरुलाई बलिहाङ्ग तङ्गनाम दिपावली, छडलगायत नेवारी समुदायको नयाँ वर्ष भिन्तुनाको शुभकामना दिए।

चुम्लुङ्गका महासचिव राजेन्द्र साम्योखामको संचालन, उपाध्यक्षद्धय नरेन्द्र एभेङ्ग र मन कुमार आङ्गवोको स्वागत र धन्यवाद मन्तव्य रहेको सो कार्यक्रममा चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोकले वलिहाङ्ग तङ्गनामको ऐतिहासिक महत्व माथि प्रकाश पार्दै लिम्बु समुदायले प्रवासमा रहदा पनि आफ्नो संस्कार र संस्कृतिको जगेर्ना र प्रवर्धन गर्दै लैजानुपर्ने विचार राखेका थिए।

भुम्लुङ्गका सचिवद्वय डम्बर लिबाङ्ग, मंगलसिङ्ग केरुङलगायत श्याम सुहाङ्ग, अविर मादेन लिम्बु, मदन मादेम्बा, किरण लिङ्गदेन, मन कुमार मावो, युवराज वेघा, लगायतले कार्यक्रम भरी केलाङ्गमा सहभागी भएर कार्यक्रमलाई थप रोचक बनाएका थिए।





Comments

comments

2498