Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आशफोर्डमा बलिहाङ्ग तङ्गनाम सम्पन्न

सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम –
आशफोर्ड , युके। किरात याक्थुङ चुम्लुङ आशफोर्ड शाखाले स्थानीय साइमन हलमा शनिवार लिम्बूहरुको मौलिक चाड बलिहाङ्ग तङ्गनाम भब्यताको साथ सम्पन्न गरेको छ।

आशफोर्डवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन काजी साम्यु लिम्बूले गरेका थिए। शाखाका अध्यक्ष पूर्ण मादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि किरात याक्थुङ चुक्लुङ युकेका अध्यक्ष काजिमान यक्सो लिम्बू रहेका थिए भने कार्यक्रममा स्थानीय संघ – संस्थाका थुप्रै प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि र शाखाका अध्यक्षले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्दा लिम्बू पोशाक एबं परम्परागत गरगहानामा सजिएका कलाकारहरुले च्याब्रुंग बजाएर साथ दिएका थिए| कार्यक्रममा शाखाका उपाध्यक्ष सोदिप थोप्राले स्वागत मन्तब्य दिएका थिए भने विश्वासदीप तिगेलाले बलिहाङ्ग तङ्गनामको बारेमा उपस्थित सम्पूर्ण पाहुना तथा समाजका सदस्यहरुलाई प्रष्ट परेका थिए।

कार्यक्रममा सम्पूर्ण अतिथिहरुको तर्फबाट प्रमुख अतिथिले बलिहाङ्ग तङ्गनामको शुभकामना व्यक्त गर्नुका साथै तङ्गनामको बारेमा छोटकरीमा प्रष्ट पारेका थिए भने राजेन्द्र नेम्बाङ्ग र उनको टिमले लिम्बू भाषामा लारिङ्गेक भटयाउँदा स्टेजमा उपस्थित भई सम्पूर्ण पाहुनाहरुले साथ दिएका थिए। औपचारिक कार्यक्रमको अन्त्यमा शाखाका अध्यक्षले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिंदै औपचारिक कार्यक्रमको समापन भएको घोषणा पश्चात स्टेज सांस्कृतिक टिमलाई हस्तान्तरण गरिएको थियो।

सकुन्तला नेम्बाङ्ग र मान तबेबूङ्ग (नाजाम ) ले संचालन गरेको सांस्कृतिक कार्यक्रममा थुप्रै कलाकारहरुले नृत्य, गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरंजन दिलाएका थिए।

कार्यक्रममा स्थानीय गाउँले पसलले खानपिनको व्यवस्था गरेको थियो| कार्यक्रमको अन्त्यमा डिजे बिसी राईले उपस्थित सबैलाई धित मर्ने गरि रातको ११ बजेसम्म नचाएका थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

2521