सोमबारबाट नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनीमा राखिएको श्रीपेचमा ७५० टुक्रा हीराको हार रहेका छन् ।
पुरातत्व विभागका महादिर्नेशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हीरा तथा १६ वटा मणिमाणिक्य छन्।
श्रीपेचको पछिल्तिर कल्की झुन्डिएको छ । कल्की चराको पुच्छर हो।
दाहालका अनुसार बर्ड अफ प्याराडाइज नामक चरोको पुच्छरबाट कल्की बनाइएको खबर कान्तिपुर दैनिकमा छ।
यो चरा दुर्लभ र संरक्षित चरा हो।
यो चराको पुच्छर अमेरिकाबाट ल्याएर श्रीपेच आकर्षक बनाउने राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए।
पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत संकलन गरिएको थियो।
नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले यसको लगत तयार पारेका थिए।
त्यसक्रममा कल्की बाहेकको भागमा हिरा, मोती, माणिक, नवरत्न र सुन प्रयोग भएको जनाइएको थियो।
श्रीपेचलाई शक्तिको प्रतिकको रुपमा लिइन्छ।