सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान। नेपालीहरुको महान चाड दशैँको अवसर पारी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको राज ब्रुअरीको नमस्ते बियर र बिजय डीस्टिलरीको रुस्लान भोड्काको प्रवर्धन संगसंगै दशैँमा परापूर्वकालदेखि खेलेर रमाइलो गरिने पीङ पूर्वको विभिन्न २५ वटा सार्वजनिक स्थलमा निर्माण गरेको छ।
धरानको जिरो पोइन्ट ,विजयपुर , अमरहाट , जनपथ , सदनरोड ,नारायण चोक ,महादेव बस्ती र सांगपांग चोक ,भेडेटारको चोक र नाम्जे चोक , इटहरीको तरहरा ,संगीत चोक . मधेशा र पंचमुखी , उर्लाबारी , पथरी , विराटनगरको तीनपैनी ,रंगेली ,कन्चंनबारी , मिल्सएरिया ,दरिया र पंचामुखी चोक लगायतको बिभिन्न ठाउमा आकर्षक लिंगेपिंग निर्माण गरिएको छ।
मंगलबार फूलपातीको अवसर पारी इटहरीमा होटल असोसिएसन इटहरीको अध्यक्ष्य जीवन नेउपानेले उक्त लिङ्गे पीङमा चढी सुभारम्भ गर्नुभएको थियो।
परापूर्व कालदेखि नेपालीहरुले दशैको बेला बाँस र डोरीको सहायताले बनाइने बिशेष प्रकारको आकर्षक लिङ्गे पीङमा चढेर दशैँ आएको छनक दिदै टोल टोलमा केटाकेटीदेखि हरेक उमेरकाहरु पिंगमा चचहुइ गर्दै हुइकिने गर्दछन्।
नेपालीहरुको यहि हराउदै आएको संस्कारलाई सर्वप्रिय बनाउन जावलाखेल ग्रुप अफ कम्पनीले लाखौ खर्च गरेर लिङ्गे पीङको निर्माण यसपालीको दशैँको लागि गरेको स्थानीय डिस्ट्रिब्युटर ग्रिनतारा ग्रुप अफ कम्पनीका संचालक सम्राट श्रेष्ठले बताउनु भयो।