Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तिलक राईलाई उपाधि

सन्तोष काफ्ले /एचकेनेपाल डट कम–
धरान। तेस्रो सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ टुनामेन्टका उपाधि ८ हेण्डिक्याप गल्फर तिलक राईलाई हात पारेका छन्।

१८ होल पार ७० को कोर्षमा तीन अण्डर ६७ कार्ड बनाउदै राईले उपाधि हात पारेका हुन्। विजेता राईले फ्रण्ट नाइनमा ३६ कार्ड र ब्याक नाइनमा ३९ कार्ड बनाउदै उपाधिमा कब्जा जमाएका हुन्। धरान गल्फ क्लबको आयोजनामा बुधबार निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टमा सम्पन्न एकदिवसीय खेलमा २३ हेण्डिक्याप गल्फर पिटर कातिचा २ अण्डर ६८ कार्ड बनाउदै उपविजेता बनेका थिए। कातिचाले फ्रण्ट नाइन ४५ कार्ड र ब्याक नाइनमा ४६ कार्ड बनाएका थिए।

स्ट्रोक प्लेको आधार खेलाइएको प्रतियोगितामा महिला तर्फ ४ अण्डर ६६ कार्ड बनाउदै २४ हेण्डिक्याप गल्फर नोर्गिन पाख्रिन च्याम्पियन बनिन्। नोर्गिनले फ्रण्टमा ४६ कार्ड र ब्याक नाइनमा ४४ कार्ड बनाएकी थिइन्। उपविजेता बनेकी कोरियन नागरिक लि एलकेले लेभल पार खेलेकी थिइन्। उनी २० हेण्डिक्याप गल्फर हुन्।

बबिन्द्र राई २ ओभर ७२ कार्ड बनाउँदै ग्रस विजेता बन्दा रनर अप गल्फर सन्तोष लिम्बू ४ ओभर ७४ कार्ड बनाए। बबिन्द्रले फ्रण्टमा लेभल पार खेल्दै ब्याकमा ३७ कार्ड बनाउँदै सन्तोषको फ्रण्टमा ३७ र ब्याक नाइनमा ३८ कार्ड खडा गरे।

लगेष्ट ड्राइभमा बुद्धिमान सुनुवार, नियरेष्ट टु दि पिनमा हरिबहादुर राई, बुगी विजेता विजय राई र मोष्ट बडिजमा पूर्ण लिम्बू र जुनियर तर्फ रितेश तामाङ विजेता बनेका थिए। पूर्वका २८ एमेच्योर गल्फर सहभागी प्रतियोगितामा २ विदेशी खेलाडी स्पर्धामा उत्रिएका थिए । ५ महिला र २३ पुरुष गल्फरले स्पर्धा गरेको आयोजक क्लवका अध्यक्ष पूर्ण लिम्बूले बताए।

विजेताहरुलाई कोशी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी ज्ञानविक्रम साह, प्रायोजक सुनसरी टेक्निकल कलेजका सञ्चालक अध्यक्ष लेखिराज सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए। उनीहरुले उपहारसहित ट्रफी प्राप्त गरेका थिए।





Comments

comments

2549