स्थापित ९ महिनामै विस्थापित

काठमाडौं – प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्।

संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन्।

‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उहाँ (स्थापित)ले सधैँ अटेर गर्नुभएपछि बाध्य भएर बर्खास्त गरिएको हो’, मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’ अन्नपुर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25500