रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लण्डन, १७ कार्तिक। बेलायतवासी किराँत राईहरुको आफ्नै भूमि ग्याम्बल लेन, रिप्लेस्थित माङखिम तथा साकेला स्थलमा फरक धारका नेताहरुलाई एउटै मञ्चमा सम्मान गरेका छन्।
किराँत राई यायोक्खा बेलायतले संघीय समाजबादी फोरम नेपालका बरिष्ठ नेता तथा पूर्व मन्त्री अशोक कुमार राई, नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य रविप्रकाश राई र संघीय समाजवादी फोरमका महिला नेत्रु सुशीला राईलाई कार्यक्रममा स्वागत गर्दै उहाँहरुको राजनीतिक जीवन यात्रामा सधैं सफलता मिलिरहोस्,देश र जनताका खातिर राम्रो काम गर्न सहज बातावरण श्रृजना तयका लागि किराँत राई यायोक्खा शाखा बेलायतले गर्न सकिने सहयोगमा कुनै कसर बाँकी नरहने प्रतिबद्धता सहित गत शनिबार सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।
सम्मान कार्यक्रमलाई किराँत राई वेलायतकी अध्यक्ष कल्पना राईले अध्यक्षता गरिएको कार्यक्रममा प्रमुख अथिति पूर्व मन्त्री संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, विशिष्ट अथिति नेपाली कांग्रेस युवा नेता रबिप्रकश राई र अथितिहरु संघीय समाजवादि फोरमका महिला नेत्रृ सुशीला राई, केन्द्रिय किराँत राई यायोक्खाकी पूर्व अध्यक्ष सुमाया राई र यशोधा राई उपस्थित थिए।
सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री राईले सम्बोधन गर्ने क्रममा भने, ‘राजनीति भनेको सबै भन्दा शक्तिशाली निकाय हो जसले देश र नागरिकलाई शासन गर्दछ , जसका कारण सवै नेपाली जनताले राजनीति बुझ्न अत्यन्तै जरुरी छ ।’ मन्तव्यकै क्रममा प्लेटोले भनेका कुरा समेत स्मरण गरााएका थिए । ‘कि राजनीतिमा आँउ नत्र तिमी भन्दा कमजोरीबाट शासित हुन तयारी हौ?’
सम्बोधन कै क्रममा किराँत राई यायोक्खा केन्द्र नेपाल र शाखा बेलायतले राम्रो कार्य गरेको प्रशंसा गर्दै भने, ‘पहिले निजामती कर्मचारी क्षेत्रमा अधिकृत न्यून संख्यामा पास हुने किराँत राईहरु अहिले किराँया केन्द्रले तालिम शिक्षा प्रणाली शुरु गरे पश्चात एक पटक मा करिब २० जना जति किराँत राईहरु अधिकृत परीक्षामा उतीर्ण हुन थालेको नतिजाको प्रशंसनीय शाब्दिक व्याख्या गरेका थिए।
मन्तव्यको क्रममा बिशिष्ठ अतिथि रबिप्रकश राईले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुलुकलाई आमुल परिवर्तन गर्नुका निमित किरांत राई पुर्खाहरुले हरेक ऐतिहासिक कालखण्डहरुमा अतुलनीय योगदान दिएका स्मरण गराउदै पुर्खाहरुले हिडेको मार्ग र गरेको योगदानलाई किराँत राईहरुले सधैं शिरोपर गर्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताएका थिए।
राईले भने, ‘सन १९९७ मा नेपाली काग्रेस पार्टीका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री जोन मेजरलाई नेपाल सरकारको तर्फबाट स्वीकृत–पत्र दिएका कारण आज बेलायती गोखा सैनिकहरुले यो देशको नागरिक बन्न सफल भएको खुलाशा गदै हाई कोर्टको मुद्धाको निर्णय पनि त्यही पत्र कोर्टमा पेश गरेपछि मात्र सफल बनेका कारण जेष्ठ नागरिक र गोर्खाहरुका परिवारले पनि यहाँ आउन अनुमति पाईरहेका बारेमा थप प्रष्टाएका थिए।
राईले सम्बोधनकै क्रममा बेलायतबासी किराँत राई र सम्पूर्ण नेपालीहरुले जीवन निर्बाह र सन्तानको भबिष्यको खातिर यो देशको भाषा बोल्न परे पनि आफ्नो मातृभाषा र आफ्नो भाषालाई बचाई राख्न सकेमात्र हामी नेपाली र किराँत राई रहने छौ भनेर किरांत राई यायोक्खा बेलायतलाई आग्रह गर्दै अमेरीकन लेखक डारिल बेब विल्सोनको भनाई लाई स्मरण गराएका थिए । ‘यस संसारमा बाँच्नको लागि अवश्य सेता मान्छेको भाषा जान्नु पर्दछ तर जीवन्त बाँच्नकालागि आफ्नो भाषा जान्नु पर्दछ।’
त्यसैगरी अन्य वक्ताहरुमा नेत्री सुशीला श्रेष्ठ ,पूर्व किराँया अध्यक्ष पदमबहादुर राई लगायतले आफ्नो सान्दर्भिक मन्तब्य राखेका थिए । संस्थाको प्रथम नियमित वैठकबाट शुरु हुदै सम्मान कार्यक्रममा आएर समापन गरिएको कार्यक्रमलाई संस्थाकी महासचिव चन्द्रवती राईले संचालन गरेकी थिइन्।
यो पनि पढ्नुहोस्
बेलायतमा पूर्व मन्त्रीलाई सम्मान