शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर — निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ।

सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको खबर नागरिक दैनिकमा छ।

शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने।

अहिले पनि केहि जना शंकाको घेरामा रहेको उनको भनाई छ।

अहिले संख्या नभिनिहालुँ, केही व्यक्ति शंकाको घेरामा छन्।

उनीहरुको डिएनए जाँन हुन सक्छ । डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मान्ने उनी बताउँछन्।,





Comments

comments

Leave a Reply

25653