हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, तमुहरुको महान चाड तथा नयाँवर्ष ल्होछारको अवसरमा तमु धिं नेपालले पोखरामा फो—ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७५ आयोजना गर्ने भएको छ।
कुकुर वर्ग(खि ल्हो)लाई विदाई र मृग वर्ग(फो ल्हो)लाई स्वागतका लागि पुष १३ गते पोखरा सभागृहमा फो—ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७५ आयोजना गर्ने तमु धिं नेपाल साँस्कृतिक उपसमितिले निर्णय गरेको हो।ल्होछारलाई सँस्कृतिमय, सद्भावयुक्त, एकतावद्ध र नेपाली मौलिकताको संरक्षणको पर्वको रुपमा मनाउनका लागि प्रथम पटक ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको साँस्कृतिक बरिष्ट संस्कृतिकर्मी संयोजक मेनकाजी तमुले जानकारी दिनुभयो।
फो—ल्होछार भव्यता, ल्होछारको मौलिकताको संरक्षण, सम्बद्र्धन, प्रचार प्रसार गर्न, ल्होछार विशेष साँस्कृतिक कार्यक्रम मार्फत सामाजिक, साँस्कृतिक, जातिय, राष्ट्रिय सद्भाव प्रस्तुत गर्न, तमुहरुमा रहेको प्रतिभा प्रष्फुटन गर्ने अवसर प्रदान गर्न र लोपोन्मुख लोक सँस्कृति संरक्षणका लागि साँस्कृतिक अभियान संचालन गर्न साँस्कृतिक कोष स्थापना गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिने संयोजक तमुले बताउनुभयो।
उक्त साँस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न १० वटा उपसमितिहरु गठन गरिएको छ।
आर्थिक उपसमिति विदेशका लागि मे.लक्ष्मीप्रसाद तमु संयोजक रहेको सरस्वती तमु, भिमकाजी तमु, विना तमु, लक्ष्मी तमु, चिजकाजी तमु, हुमबहादुर तमु, स्वदेशका लागि संयोजक दुर्गाबहादुर तमु, जुमकाजी तमु, हिरादेवी तमु, हरिमाया तमु, गिमाया तमु, कौशिला तमु, गोपाल तमु रहनुभएको छ।
साँस्कृतिक संयोजकमा जसु तमु, सविन तमु, युवराज तमु, सनबहादुर तमु, टिकट व्यवस्थापन समितिमा हरिमाया तमु, बालकुमारी तमु, ऐनशोभा तमु, गमबहादुर तमु, श्रीप्रसाद तमु, प्रचारप्रसार समितिमा हुमबहादुर तमु, मनि तमु, कृष्णकुमार तमु, मञ्च व्यवस्थापनमा सुरेन्द्र तमुको संयोजकत्वमा सविन तमु, माधव तमु, विक्रम तमु, सञ्जय तमु रहनुभएको छ। यसरी नै स्वयमसेवक संयोजकमा सु.तुलबहादुर तमु, नलबहादुर तमु, रमेश तमु, रक्षा तमु, खाजा व्यवस्थापन समितिमा जुमकाजी तमु, गिमाया तमु, ऐनशोभा तमु र अनुगमनका लागि कर्म तमु, सन्तबहादुर तमु, अमरबहादुर तमु, डा.दिर्घमान तमु, गिरीप्रसाद तमु र मेनकाजी तमु रहेको अनुगमन समिति गठन गरिएको छ।
तमु धिं नेपाल अन्र्तगतको साँस्कृतिक समितिको पहिलो प्रस्तुतिको रुपमा रहने फो—ल्होछार विशेष साँस्कृतिक कार्यक्रम अत्यन्तै सभ्य र भव्य हुने दावी गर्नुहुदै संयोजक मेनकाजी तमुले आगामी वर्षदेखि ल्होछारको अवसरमा निरन्तर रुपमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने बताउनुभयो। ल्होछार भव्य रुपमा मनाउनु साथै साँस्कृतिक संरक्षण अभियानका लागि समेत कार्यक्रम आयोजना गरिने भएकाले सबै संघ संस्था, समाज, व्यवसायिक प्रतिष्ठान लगायत सबैको सहयोगका लागि संयोजक तमुले आग्रह गर्नुभयो।
फाइल फोटो