काठमाडौं — ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन्।
महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए।
यस्तै, पारिवारिक विवादमा आफ्नै भाईबुहारीबारे फेसबुकका अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए।
आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील सन्देश पठाएर यातना दिएको आरोपमा दुई महिनाअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक मेघराज तिवारी पक्राउ परेका थिए।
उनी धरौटीमा छुटिसकेका छन् । कतिपय संस्थागत विवाद पनि सामाजिक सञ्जालमा छताछुल्ला हुने गरेका छ । नयाँ पत्रिकामा खबर छ।