Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सार्क सम्मेलनको सुरक्षा खर्च मात्रै एक अर्ब

काठमाडौं, ४ मंसिर। आउँदो मंसिर १० र ११ गते काठमाडौंमा हुने अठारौं सार्क शिखर सम्मेलनको सुरक्षा व्यवस्थापनमा मात्रै करिब एक अर्ब रुपैयाँ खर्च हुने भएको छ।


फाइल फोटोः @MEAIndia

सुरक्षा व्यवस्थापनको जिम्मा पाएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले सवारी खरिद–मर्मत, विशेष भत्ता, खाना–खाजा, सूचना संकलन, इन्धनलगायत शीर्षकमा यो खर्च गरिने समाचार कारोबार दैनिकमा प्रकाशित छ।

सेना प्रहरीका उच्च अधिकारीले सुरक्षामा तैनाथ जनशक्तिका लागि विशेष भत्ता उपलब्ध गराउन दबाब दिएपछि खर्च बढ्ने भएको हो। सुरक्षा व्यवस्थापन शीर्षकअन्तर्गत अर्थ मन्त्रालयले भदौ र कात्तिकमा गरी ४ वटै सुरक्षा निकायलाई ५० करोड रुपैयाँ विनियोजन गरिसकेको छ। यो रकम अपुग भएको भन्दै थप बजेट उपलब्ध गराउन रक्षा र गृह मन्त्रालयमार्फत सेनारप्रहरीले अर्थसमक्ष आग्रह समेत गरेका छन्।





Comments

comments

2568