Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बेलायतीहरुलाई नेपाल भ्रमण नगर्न अघोषित प्रतिबन्ध – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतीहरुलाई नेपाल भ्रमण नगर्न अघोषित प्रतिबन्ध

काठमाडौं, ४ मंसिर। मुलुकको पर्यटन क्षेत्र प्रवर्द्धन गर्न अघिल्लो साता बेलायत पुगेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य गढीमाई मेलामा हुने गरेको पशुपलिका विषयमा एकाएक सहभागीहरुले प्रश्न उठाएपछि स्तब्ध बने।

‘वल्र्ड ट्राभल्स मार्ट २०१४’ मा सहभागी हुन गएका मन्त्री अमात्यलाई सहभागीहरुले पशुबलिका विषयमा प्रश्नमात्रै गरेनन, उनलाई ७२ हजार बेलायती नागरिकले हस्ताक्षरसहित ज्ञापनपत्रसमेत बुझाएको समाचार कारोबारमा पत्रिकामा छापिएको छ।

बेलायत भ्रमण खल्लो भएपछि अमात्यले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसहित मन्त्रिपरिषदमा पनि यसबारे जानकारी गराए।

मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठका अनुसार गढीमाई मेलाकै कारण बेलायतीहरुलाई नेपाल भ्रमण नगर्न अघोषित प्रतिबन्ध लगाइएको छ। यसले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पर्नेछ। सन् २०१२ मा ४२ हजार र सन् २०१३ मा ३५ हजार ६ सय बेलायती पर्यटक नेपाल भित्रिएको बेलायतलगायत युरोपभर अहिले गढीमाई मेलामा हुने बलिविरुद्ध अधिकारकर्मीले अभियान सुरु गरेपछि नेपालमा युरोपेली पर्यटक आगमनमा गम्भीर असर पर्ने भन्दै व्यवसायीले चिन्ता प्रकट गरेका छन्।





Comments

comments

2881