Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कतारमा लोकदोहोरी गायक शिरीष देवकोटा सम्मानित – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारमा लोकदोहोरी गायक शिरीष देवकोटा सम्मानित

तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा कतार। पाल्पाली सेवा समाज दोहा, कतारले एक कार्यक्रमको आयोजना गरी पाल्पाली लोक गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव शिरिष देवकोटाको सम्मान गर्यो।

समाजका अध्यक्ष लिलम चिढी मगरको सभापतित्व, महासचिव रमेश थापाको संचालन र प्रथमउपाध्यक्ष कृष्ण राना मगरको स्वागत मन्तव्यमा सम्पन्न भएको सो सम्मान कार्यक्रममा अध्यक्ष चिढी मगरले लोक गायक देवकोटालाई समाजको तर्फबाट प्रसंशापत्र प्रदान गरेको थियो। समाजका प्रमुख सल्लाहकार भुपराज दुवाडीले पाल्पाली ढाकाटोपी लगाइदिएका थिए भने समाजका अन्य पदाधिकारीले खादा लगाइ गायकलाई सम्मान गरेका थिए।

समाजबाट सम्मानित भएका लोक गायक देवकोटाले कतारमा जिल्लावासीहरुको न्यानो स्वागत पाएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताउदै पाल्पाली सेवा समाजको सक्रियताको प्रसंशा गरे। सो कार्यक्रममा बसन्त फिल्मस्का तर्फबाट संरक्षक र समाजका सल्लाहकार ईश्वर काफ्ले, समाजका अन्य सल्लाहकारहरु देवबहादुर राना मगर, देव तिमिल्सिना लगायतले लोक गायक देवकोटाको प्रसंशा गर्दै उत्तरोत्तर प्रगति र गायन क्षेत्रबाट अझ शिखर चुम्न शुमकामना दिएका थिए।

मिन बहादुर सारु मगर, कुल बहादुर बगाले, समिम मिया, सरोज कार्की लगायत अन्य थुप्रै गीत संगीतका पारखी र कलाकारहरुको उपस्थिति रहेको सम्मान कार्यक्रममा समाजका अध्यक्ष चिढी मगरले आफुपनि कुनै वेला गायकतर्फ झुकाव राखेको भएपनि वैदेशिक रोजगारीका लागि विदशिनु परेकाले गायनलाई निरन्तरता दिन नसकिएको र अहिले गायक शिरीष देवकोटा लगायत थुप्रै जिल्लावासीहरुले राष्ट्रिस्तरमा आफ्नो गायन छवि बनाइसकेकोमा आफुलाई गर्व लागेको बताए।

बसन्त फिल्मस्को प्रायोजनमा संरक्षक ईश्वर काफ्ले र सपना काफ्लेको प्रस्तुतीमा गतहप्ता आयोजित वृहत् सांगीतिक कार्यक्रम–२०१४ का लागि आफ्नो लोकप्रिय गीतहरु गाउन लोक गायक शिरीष देवकोटा कतार आएका हुन्।

१२ वर्षदेखि गीत संगितमा सक्रिय रहेका लोक गायक देवकोटाका ”मत आउने थिइन, यै चाल होला भन्या भा, भनेकी होइन र यै चाल होला मन रोला“ भन्ने बोलको लोक गायिका देवी घर्तीर्सग गाएकोे रोइला भाकाको गीत सर्वाधिक लोकप्रिय रहेको छ भने “करुवामा पानी तिम्रो रुप हेर्दैमा सानी चटक्कै मन खाने” दुर्गा हौ कि भवानी, नजरैको भर, माया लाउन मिल्छ र भन्ने वोलका कर्णप्रिय लोक दोहोरी गीत लगायत शहिदको रगत, आयो है साइला दाई जस्ता राष्ट्रिय गीत समेत गाएर गायक देवकोटाले आफुलाई राष्ट्रिय कलाकारको चिनारी दिइसकेकाछन्।

दर्लामडाँडा–९ पाल्पामा जन्मेका पाल्पाली लोकप्रिय लोक गायक शिरीष देवकोटा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मार्फत लोक तथा दोहोरी गीत संगीतलाई अझ परिस्कृत गर्दै समृद्ध बनाउदै लैजान लागि पर्ने सो क्षेत्रका सक्रिय अभियन्ता समेत हुन्।





Comments

comments

2930