द्वितीय सचिव र सहचारीलाई दुबईमा भव्य स्वागत

लालबहादुर ढेंगा / एचकेनेपाल डट कम –
दुबई, युएई। अबुधावीस्थित नेपाली राजदूतावासमा रिक्त रहेको द्धितीय सचिवको पदमा नियुक्ती भएर कार्यभार सम्हाल्न आउनु भएका कृष्ण अर्याल र सहचारी पदमा आएकी संगीता न्यौपानेलाई सम्मानका साथ स्वागत गरेका छन्। सो स्वागत गएको २७ जुन शुक्रबारका दिन दुबईको ग्राण्ड सेन्ट्रल होटलमा गुल्मी सेवा समाज युएईले गरेको हो।

स्वागत कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावासका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीले गर्नु भएको थियो। त्यसैगरी बिशेष अतिथिमा द्धितीय सचिव कृष्ण अर्याल, सहचारी संगीता थापा र नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष चित्र केसी रहनुभएको थियो। अन्य अतिथिहरुमा सोही समाजका महिला विभाग अध्यक्ष सीता केसी, उपाध्यक्ष कृष्ण गौतम, धादिङ सेवा समाज युएईका अध्यक्ष भिम अधिकारी, अबुधावी क्षेत्रीय समितिका अध्यक्ष मोहन खत्री र पत्रकार लालबहादुर ढेंगा रहेका थिए।

परिचयत्मक कार्यक्रमबाट थालनी भएता पनि शुभकामना मन्तव्य भने महासचिव लक्ष्मण अर्यालले राख्नु भएको थियो। त्यसैगरी कार्यक्रमलाई सहज र सरल तरिकाबाट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईका महासचिव गोपाल कंडेलले संचालन गर्नु भएको थियो।

भर्खरै मात्र नियुक्ती भएर आउनुभएका द्धितीय सचिव कृष्ण अर्याल र सहचारी संगीता न्यौपानेलाई अध्यक्ष लक्ष्मण भण्डारी, उपाध्यक्ष कृष्ण गौतम र महिला विभाग अध्यक्ष सीता केसीले संयुक्त रुपमा खादा ओढाएर फूलको गुच्छा दिएर स्वागत गरेका थिए। उपस्थित अन्य अतिथिहरुले पनि क्रमशः रुपमा खादा ओढाई सफल कार्यकालका लागि शुभकामना समेत दिएका थिए।

द्धितीय सचिव कृष्ण अर्यालले आफ्नो मन्तव्यको क्रममा दूतावासमा (एमआरपी) नयां पासपोर्ट बनाउन आउनेहरुको बढ्दो भिडलाई सरल र शुलभ तरिकाले सेवा प्रदान गरिने बताउनु भयो। कन्सुलर सेवा समन्धी पुछताछको लागि लोकल फोन नउठ्ने र ट्वाईलेटहरु कुनै सफाई नभई अस्तव्यस्तको हालतमा भएको जनताको गुनासोप्रति उहांले आगामी दिनहरुमा यसलाई गम्भिर रुपमा सुधार ल्याउने प्रतिवद्धता समेत गर्नु भएको छ।

प्रमुख अतिथि तथा उपनियोग प्रमुख नेत्रबहादुर टण्डनेले द्धितीय सचिव र सहचारी दुई जना पदाधिकारीहरुको आगमनले दूतावासको कार्यहरुमा थप सहयोग तथा छिटो छरिटो हुनेमा आश्वास्त हुनुभएको छ । दैनिक लगभग तीन सयको हाराहारिमा पासपोर्टहरु संकलन गरिने र तीन सयभन्दा धेरै बितरण गरिने जानकारी दिनु भयो भने जनताहरुको गुनासोलाई मध्येनजर गर्दै आगामी दिनहरुमा सबै कमिकमजोरी र त्रुतीलाई ध्यान दिइएने वचन दिनु भयो।

नयां जोश नयां उमंगका साथ सहचारीको पदमा आउनु भएकी संगीता न्यौपानेले पहिलो पटक युएईमा आएको हुनाले नयां ठाउंमा नौलो अनुभव गरेको बताउनु भयो। विदेशको भूमिमा पनि पहिलो पटक आउदा आफ्नै जन्म ठलो गुल्मेलीवासीहरुद्धारा सम्मानका साथ स्वागत गरेकोमा आभार व्यक्त गर्नु भयो।

गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीले नेपाली राजदूतावास अबुधावीमा आफ्नै जिल्लाबाट उपनियोग प्रमुख, द्धितीय सचिव र सहचारी तीन जना पदाधिकारीहरुलाई स्वागत गर्न पाउदा गर्व लागेको बताउनु भयो । प्रवासको ठाउंमा नेपालीहरुलाई परिआएको समस्यालाई एक आपसमा सहयोग गर्दै उद्धार कार्यमा मलजल मिल्ने आशावादी रहेको बताउनु भएका छन्। स्वागत कार्यक्रममा आ–आफ्ना भनाई राख्नेहरुमा लक्ष्मण अर्याल, चित्र केसी, कृष्ण अर्याल, संगीता न्यौपाने, नेत्रबहादुर टण्डन र लक्ष्मण भण्डारी रहेका छन्।





Comments

comments

257