Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्याङ्जा परिवार द. कोरियाको जुलाई २० मा बृहत भेला र अगष्ट १७ तारिख चलचित्र प्रदर्शन गर्ने

सुरज गुरुङ/ एचकेनेपाल डट कम-
स्याङ्जा परिवार द. कोरियाले दोङदेमुनस्थित एक रेष्टुरेण्टमा विविध विषयमा छलफल गरि परिवारका अध्यक्ष मिलन रानाको अध्यक्षतामा नियमिति बैठक सम्पन्न गरेको छ।

बैठकमा “आँधी खोला सांगीतिक सौगात” भाग ४ बाट संकलन भएको केही रकमबाट खरिद गरिएको एम्बुलेन्सको सम्पूर्ण प्रकृयाहरु पुरा भई केही दिनमा नै जिल्ला अस्पताल स्याङ्जालाई हस्तान्तरण गर्ने र सोही सांगीतिक सौगात कार्यक्रममा सहयोग गर्ने स्थानीय कलाकार र व्यक्तित्वहरुलाई जुलाई २० को बृहत भेलामा सम्मान गर्ने जानाकारी पनि दिनु भएको छ। साथै अगष्ट १७ तारिख आईतावारका दिन नेपाली कथानक चलचित्र प्रदर्शन गर्नको लागि नेपालमा एक प्रतिनिधिको चयन गरिएको छ।

बैठकमा जुलाई ६ मा हुने बाग्लुङ टुर्नामेन्ट भलिबलमा लिल्लाका प्रतिभावान खेलाडी भाईहरुलाई मिलाएर सहभागिता जनाउने र आगामी दिनमा सम्पूर्ण भलिबल खेलाडीहरुलाई एकतावद्ध बनाएर अगाडि बढेर जाने पनि भलिबल संयोजक धर्म गुरुङ र सहसंयोजक राजु भण्डारीले प्रतिबद्धता जनाउनु भएको थियो। साथै फुटबलको प्रतिभावान खेलाडीहरुलाई मध्यनजर राख्दै छिटै नै फुटबल संयोजकको व्यवस्था पनि गर्ने निर्णय गरिएको थियो।

कोरियामा विभिन्न तह र तप्कामा धरै संख्यामा रहेका जिल्लाबासीहरु आफ्नो समाज स्याङ्जामा आवद्ध नभएको प्रतिविम्बहरु धेरै आएकोले जुलाई २० मा हुने बृहत भेलामा अनिवार्य उपस्थित भई आफ्नो राय सुझाव सल्लाह दिनको लागि अध्यक्ष मिलन रानाले हार्दिक अनुरोध गर्नु भएको छ।
बृहत भेलाः– दिनको ठिक १ बजे
मितिः– २०१४ जुलाई २०
स्थानः– पुजा २ रेष्टुरेण्ट दुुसान टावर पछाडि





Comments

comments

262