Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाबाट एमालेको महाधिवेशनका लागि ७ सदस्यीय टोली नेपाल प्रस्थान

विजय थापा /एचकेनेपाल डट कम –
भर्जिनिया, १५ आषाढ। नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनका लागि अमेरिकाबाट सात सदस्यीय टोली नेपाल प्रस्थान गरेका छन्।

प्रवाशी नेपाली मञ्चका महासचिब प्रभुराम थापाले अमेरिकाबाट सात सदस्यीय टोली नेपाल प्रस्थान गरिसकेको जनाएका छन्। प्रवाशी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाको नेतृत्वमा उक्त टोली नेपाल गएको हो। महाधिवेशनमा उत्तर पूर्वी अमेरिकाबाट सञ्जय थापा र सीता खरेल रहेका छन् भने डिसी महानगर क्षेत्रबाट राजेन्द्र ओली र जानकी कार्की, मध्ये पश्चिम क्षेत्रबाट टेकराज राई छन् भने दक्षिण पश्चिम क्षेत्रबाट भिम कार्की र यमुना भट्टराई रहेका छन्।

यसरी अमेरिकाबाट चार पुरुष तथा तीन महिला गरि सात प्रतिनिधि छनौट भएका छन्। उक्त प्रतिनिधि मध्येमा सीता खरेलबाहेक अन्य सबै केपी शर्मा ओलीको पक्षधर रहेको बताईएको छ। महाधिवेशनमा देशभरबाट करीब दुई हजार प्रतिनिधि तथा विदेशबाट ३ सय पाहुना सहभागी हुने एमालेले जनाएको छ।





Comments

comments

252