Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आयो डिजे

शिव मुखिया /एचकेनेपाल डट कम –
सुनसरीको धरानबाट एक दशक अघिदेखि पत्रकारिता सुरु गरेका भीषण राईले डिजेइङ सम्बन्धि पुस्तक ‘हामी डिजे’ बजारमा ल्याएका छन्। संगीतको एउटा पाटो मानिएको र युवापुस्ताले अधिक मनपराउने डिजेइङ र डिजे सम्बन्धि उक्त पुस्तक नेपालकै पहिलो हो।

कान्तिपुर साप्ताहिकमा कार्यरत युवा संचारकर्मी राईले एक बर्षसम्म खोज अनुसन्धान गरी उक्त पुस्तक तयार पारेका हुन्। आमसंचार र पत्रकारितामा स्नातकोत्तर गरेका राईले पुस्तक तयार गर्नका लागि नेपालका सवै डिजेहरुलाई भेटेका छन्। नेपालका पहिलो डिजेदेखि पछिल्लो पुस्ताका डिजे गरी ८० जना डिजेको प्रोफाइल र समेट्न नसकिएका ३ सय बढीको नामावली समेटेका छन्। पुस्तकमा डिजेको विश्वको इतिहास, विश्वका चर्चित डिजेका प्रोफाइल, नेपालमा डिजेको विकास, डिजे पार्टी हुने महत्वपूर्ण शहर र स्थल, अवस्था, पहिलो डिजे तेन्जिङसंगको कुराकानी र पुराना डिजे डि याक्खाको संस्मरणलाई समेत समेट्न भ्याएका छन्।

डिजे विनाका कुनै पनि पार्टी आजकल उति हुन छाडेका छन्। पुस्तकका लेखक राईले त्यसैलाई आधार बनाएर पुस्तक तयार पारेको सन्दर्भमा भने, ‘अव डिस्को कुनै बन्द कोठा वा खुल्ला चौरमा मात्र सिमित रहेन। कुनै पनि कार्यक्रमका लागि उनीहरु विशेष भूमिका निभाउन थालेका छन्। डिस्कोबाट सुरु भएको डिजेइङ अहिले पार्टी प्यालेस, विहे बटुलो देखि गाउंघरको सांघेहरुमा पनि आवश्यकता पर्न थालेको छ।’

नेपालमा ४० को दशकदेखि डिजेको विकास भएको र ६० को दशकमा संचार प्रविधिको विकाससंगै ह्वात्तै बढेको पाइएको लेखक राईले बताए। उनले भने, ‘मैले तिनै कुरालाई पुस्तकमा समेटेको छु। डिजे हुन चाहने र बुझ्न चाहनेहरुका लागि उक्त पुस्तक एकमात्र श्रोत सन्दर्भ सामाग्री हुन पुगेको छ।

पुस्तकले नेपालमा डिजे र डिजेइङ चिनाउने प्रयास गरेको छ। पुस्तक भित्र उनीहरुको अवस्थालाई पनि उजागर गरेको छ। राईले भने, ‘डिजेहरुलाई प्रमोसन गर्ने उपयुक्त वातावरण नेपालमा त्यति नभएकाले र डिजे सम्बन्धि कुनै जानकारी दिने पुस्तक पनि नलेखिएकाले मैले एक बर्षसम्म खोजी गरी डिजे संगितप्रेमीका लागि पुस्तक तयार पारेको हो।’

कान्तिपुर साप्ताहिकले नियमित प्रकाशन हुदै आएको डिजे जोन कोलमको सुरुआत पनि राईले गरेकाले पुस्तक प्रकाशन गर्न प्रेरणा मिलेको उनले बताए। उनले भने, ‘म कार्यरत संस्था कान्तिपुर प्रकासन गृहले प्रकाशित गर्दै आएको साप्ताहिक र नारीका प्रधान सम्पादक सुवास ढकाल दाईले डिजे सम्बन्धि कोलम सुरुआत गर्न अवसर दिनु भएकाले आज एउटा पुस्तक नै तयार गर्न सकें।’





Comments

comments

250