Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दहीचिउरा खाएर आर्य दिवस मनाइयो

मदन सिलवाल / एचकेनेपाल डट कम –
काठमाडौं। आज असार १५ नेपालीहरुको विशेष पर्व दही चिउरा खाने दिन पनि हो। त्यस्तै, आर्य समाजीहरुले आजकै दिनलाई आर्य दिवसको रुपमा समेत मनाउने गरेका छन्।

आजभन्दा ११९औं वर्ष अघि पं. माधवराज जोशीको पहलमा पहिलोपटक पोखरामा डम्बरजंग राणाको अध्यक्षतामा यस संस्थाको स्थापना भएको थियो। यसैको सम्झना गर्दै यस वर्ष ११९औं स्थापना दिवस भव्यताको साथ मनाइयो।

आज काठमाडौंको शान्तिनगरस्थित निसहाय सेवा सदन परिसरमा पतञ्जली योग गुरु ललितशंकर योगीको प्रमुख आतिथिमा उक्त कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको सभापतित्व नेपाल आर्य समाजका अध्यक्ष कमलाकान्त आत्रेयले गर्नुभएको थियो भने संस्थाका महासचिव यादवप्रसाद खकुरेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा नेपाल आर्य समाज ललितपुर शाखाका अध्यक्ष लोकचन्द्र अमात्य, निसहाय सेवा सदनकी सगुन शाह, पचञ्जली योग समितिका नरेन्द्र खतिवडा, शान्ति महत, देवी देवकोटा तथा अमिर राजस्थानबाट आएका विशेष पाहुना पं. नौगतराम वानप्रस्तीलगायतले आर्य दिवसका अवसरमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नेपालमा आर्य र सामाजिक रुपान्तरणको विषयमा विभिन्न वक्ताहरुले आआफ्नो मन्तव्य राखेका थिए। साथै, कार्यक्रममा निसहाय सेवा सदनमा रहेका बुद्धबृद्धाहरुलाई दहीचिउरा खुवाउनुका साथै उनीहरुलाई निशुल्क रुपमा साबुनहरु वितरण समेत गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी करीब डेढसय जनाको उपस्थिति रहेको थियो।





Comments

comments

247