Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मनिषा कोइरालाले सगुनको उद्घाटन गर्ने

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, १२ आषाढ। बलिउड स्टार मनिषा कोइरालाले अमेरिकामा नेपाली मूलका सृजनशील समूहद्वारा स्थापना गरिएको प्राबिधिक प्रतिष्ठान सगुन कर्पोरेशन(संस्था)को उद्घाटन गर्ने भएकी छिन्।

उद्घाटनमा मनिषा कोइरालाले संसारलाई प्रथम रहस्य सन्देश पठाउने योजना रहेको सम्मेलन श्रोतले बताएको छ। सगुन कर्पोरेशनको लोकार्पण कार्यक्रम ३२ औ एएनए डिसी सम्मेलनको अन्तिम दिन बृहत सांस्कृतिक कार्यक्रम अगाडि राखिने भएको छ। मनिषा कोइराला एएनए सम्मेलनको लागि डिसी महानगर क्षेत्रमा जुलाई २ तारिख आउने सम्मेलन संयोजक हेमन्त श्रेष्ठले बताए।

सगुनको मुख्य लक्ष्य बिधुतिय पहिचानलाई अनुकूलित पार्ने तथा सबैको गोजीको लागि सुहाउदो बनाउने रहेको र सामाजिक संजाल फेसबुक जस्तै बृहत लक्ष्यको साथ अगाडि बढ्ने उद्देश्य रहेको बताईएको छ। हामी नेपालबाट आएका आप्रवाशी हौ र अमेरिका अवसरको भूमिमा छौ भन्दै ठूलो विचार कुनै पनि सृजनशील मस्तिष्कबाट उत्पत्ति हुने हुनाले सहि मौकाको लागि प्रयाश गरि रहेको बताईएको छ।

यो सजिलो काम नभएको बताउदै सिलिकन भ्यालीसंग प्रतिस्पर्धा गर्न सजिलो काम नभएको तर हामी गम्भीर छौं यो यात्रा तय गर्न कटिबद्ध रहेका छौं। तसर्थ हामी हाम्रा विचार बाहिर ल्याउन चाहना राख्ने भएकोले सबैको समर्थन अपरिहार्य छ भन्दै यो गुरु योजनामा आउन सबैमा आग्रह गरेका छन्। सगुनको यो बृहत परिकल्पनालाई साकार पार्न ३२ औ एएनए डिसी सम्मेलन जुलाई ६ तारिख साँझ बलिउड स्टार मनिषा कोइरालाद्वारा संसारलाई उनको गोप्य सन्देश पठाएर शुभारम्भ गरिनुको साथै छापा विज्ञप्ति जारी गरि संचार माध्यमलाई सगुनको शुभारम्भ बारे जानकारी गराइने जनाएको छ।

यसरैबीच, बलिउडकी सुपरस्टार मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिख ३२ औ एएनए सम्मेलनमा रात्रि भोजको आयोजना गरिने सम्मेलन मुख्य संयोजक हेमन्त श्रेष्ठले जनाएका छन्।





Comments

comments

106