Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माल्विका सुब्बाले एएनए सम्मेलन घन्काउने

विजय थापा / एचकेनेपाल डट कम-
११ भर्जिनिया, आषाढ। पूर्व नेपाल सुन्दरी, संचारकर्मी तथा कार्यक्रम प्रस्तोता माल्विका सुब्बा ३२ औ एएनए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) डिसी सम्मेलनको लागि अमेरिका आउने जानकारी ३२ औ एएनए सम्मेलन सांस्कृतिक संयोजक नायक सरोज खनालले बताएका छन्।
अमेरिकामा नेपाली समुदायको सबै भन्दा ठूलो सम्मेलनमा माल्विका सुब्बा आउने चर्चाले उनका प्रशंसकहरु निक्कै खुशी भएका छन्। गत बर्ष पनि न्यु योर्कमा आएकी थिइन् भने यसपालि उनले एएनए सम्मेलनमा सन् २००८ देखि एएनए बाल्टिमोर सम्मेलनदेखि सुरुवात गरिएको एएनए भेषभूषा (फेसन) प्रदर्शनमा कार्यक्रम संचालन गरि डिसी घन्काउने भएकी छिन्। सम्मेलनको अन्तिम दिनको बृहत सांस्कृतिक साँझमा राजेश हमाल, राजेश पायल तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने उक्त कार्यक्रममा उद्घोषण गर्ने जानकारी सम्मेलन संयोजक हेमन्त श्रेष्ठले बताए। हरेक बर्ष एएनए भेषभूषा (फेसन) प्रदर्शनको कार्यक्रम प्रस्तुति स्थानीय प्रतिभाशाली कलाकारले गर्ने गरेकी थिइन् भने यसपालि उक्त कार्यक्रम माल्विका सुब्बाले गर्ने तय भएको छ।

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखदेखि ६ सम्म हुने तीन दिवसीय कार्यक्रमको तयारी अन्तिम चरणमा पुगी सकेको र कार्यक्रम सुची पनि संचार माध्यममा आई सकेको जानकारी आयोजकले दिएका छन् भने जुलाई ३ तारिखमा माल्विका सुब्बा अमेरिका अवतरण गर्ने भएकी छिन्।





Comments

comments

235