भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी

काठमाडौं, बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको खबर नयाँ पत्रिकामा छ।

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए।

तर, एक रुपैयाँ पनि कर तिरेको थिएनन् । कर छलीकै उदेश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ , अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले भने, छानविनमा तानिएमा आफुहरु जोगिने उदेश्य उनीहरुको देखिन्छ।,





Comments

comments

Leave a Reply

26091