निर्मला हत्या प्रकरण: प्रहरीले मारिदिने धम्की दिएपछि डरले अपराध स्वीकारें

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल भएको छ ।

पछिल्लोपटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डिएनए नमिलेपछि विशाललाई छाडिदिएको छ । यद्यपि, प्रहरीले डिएनए रिपोर्ट सार्वजनिक भने गरेको छैन।

प्रहरी नेतृत्वले उनीहरूको रिपोर्टबारे सूचना पाएपछि विशाललाई छाडेको उच्च स्रोतले बतायो । डिएनए रिपोर्ट कञ्चनपपुर पुगिसकेको पनि प्रहरी स्रोतले जनायो । प्रदीप भने महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमै छन् ।

कञ्चनपुर प्रहरीले भने डिएनए रिपोर्ट प्राप्त नभएको जनाएको छ । ‘उतैबाट भेरिफाई गरेर विशाललाई छाडेको होला । आजसम्म दुवैको रिपोर्ट यहाँ आएको छैन,’ कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए ।

विशाल र प्रदीपले निर्मलाको हत्या आफूहरू मिलेर गरेको साविती बयान प्रहरीलाई दिएका थिए । कञ्चनपुरकै भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय विशालले बुबाकै अगाडिसमेत अपराध स्विकार गरेका थिए। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

26181