अमेरिकी पूर्वराष्ट्रपति बुसद्वारा छद्म नाममा बालबालिकालाई सहयोग

मनिला, (एजेन्सी)
मानिसमा मन भयो भने निस्वार्थ भावले अरूलाई सेवा र सहयोग पुर्याई कति प्रशंसा र धन्यवाद बटुल्न सकिन्छ भन्ने कुरा प्रमाणित गरी सकेसम्म अरूलाई शोषण गरी धनी बन्ने पापी मनस्थिति भएकाहरूलाई ठूलो व्यङ्ग्य बन्न सफल भएका छन् अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुस।

फिलिपिन्सका टिमोथी भिल्लाल्वाले टिभी नेटवर्क एबीएस–सीबीएनलाई बुसले अन्य थुप्रै बालबालिकालाई जस्तै ड्रइङ सेट उपहार दिएर कसरी आफ्नो सिर्जनशीलतालाई उजागर गरिदिए भन्नेबारे जानकारी दिएका छन्।

पूर्वराष्ट्रपति बुसले उनलाई जर्ज वाकरको नामबाट शिक्षा र खानाका लागि पनि सहयोग पु¥याएका थिए। अहिले २५ वर्षका भिल्लाल्वालाई ७ वर्षको उमेरदेखि सहयोग प्राप्त भएको थियो। १७ वर्षको उमेरमा उक्त सहयोग लिन बन्द गर्ने क्रममा कम्पास्सन इन्टरनेसनलका प्रायोजकको असली परिचय थाहा पाएपछि उनी निकै आश्चर्यमा परेका थिए।
अहिले एउटी सानी छोरीका पितासमेत रहेका उनले पत्रमार्फत आफुूलाई चित्र कोर्ने र रंगाउने रहर भएको जानकारी दिएपछि बुसले आफूलाई एक सेट पेन र वाटर कलर पेन्टस् पठाइदिएको उनी गौरव मानेर सम्झन्छन्। ती सेट अन्य सामान्यभन्दा ठूला र फरक भएकाले उनले विद्यालयमा लगेर सबैलाई देखाएको बताउँछन्।

उनी आफू यसरी राष्ट्रपतिबाटै सहयोग पाउने भाग्यशाली भएको र सो च्यारिटीले आउँदा दिनहरूमा पनि सबैलाई सहयोग जारी राखून् भन्ने आशा गरेको बताएका छन्। उनलाई पठाइएका थुप्रै पत्रमा कहिलेकाहीं बुसले आफ्नो असली वास्तविकताको अलिअलि संकेत पनि दिने गरेका थिए।

सन् २००२ मा पहिलोपटक बुसले आफ्नो पहिलो र तेस्रो नामको संयोजन गरी नयाँ नाम राखेर टिमोथीसँग पत्रमित्रता गर्न चाहेको भन्दै पत्र पठाएका थिए। बुसले पत्रमा यस्तो लेखेका थिए– ‘म ७७ वर्षीय वृद्ध हुँ, तर मलाई बालबालिकाहरू मनपर्छ। हामी अहिलेसम्म भेटेका छैनौं तर मैले तिमीलाई मन पराइसकें। म अमेरिकाको टेक्सासमा बस्दछु। म समय–समयमा पत्र लेखिरहन्छु, सकुशल रहनु।’

बुसले पछि अर्को एक पत्रमा यस्तो लेखेका थिए– ‘टिमोथी तिमीले कहिल्यै ≈वाइट हाउसको बारेमा सुनेका छौरु त्यहाँ अमेरिकाका राष्ट्रपति बस्दछन्। क्रिसमसका बेला मलाई ≈वाइट हाउस जानु छ। वासिङ्टनको ≈वाइट हाउसमा भेटाएको यो सानो पुस्तक एउटा पठाएको छु।’ अमेरिकाका ४१औं राष्ट्रपति बुसको गत नोभेम्बरमा ९४ वर्षको उमेरमा निधन भएको हो।

इसाई मानवीय दातृ निकाय कम्पास्सन इन्टरनेसनलले गरिब बालबालिकाहरूलाई सहयोग गर्ने गरेको छ। यस संस्थाले पत्रचारमार्फत व्यक्तिगत सम्पर्क गरी शिक्षा, स्वास्थ र खाद्यान्न तथा लत्ताकपडाका लागि सहयोग गर्ने गरेको छ। सन् २००१ मा वासिङ्टनमा आयोजित एक कन्सर्टको दौरान बुसले पहिलोपटक यस संस्थाको बारेमा जानकारी पाएका थिए। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

26179