Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मैले भोगेको समस्या अरूलाई नपरोस् – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

मैले भोगेको समस्या अरूलाई नपरोस्

काठमाडौं: राहादानी बनाउन जुत्ताको पालिस लगाउन बाध्य रामेछाप बेथानकी सुनिता लामाले आफूले भोगेको जस्तो समस्या कसैलाई नपरोस भन्ने कामना गरेकी छन्।

गत बिहीबार केशरमहलस्थित राहदानी विभागमा भेटिएकी लामाले राहादानीका लागि आवश्यक फोटो खिच्दा रातो कपाल जुत्ताको पालिसबाट रंगाएकी थिइन्।

सुनितासँगै उनकी आफन्त मेरिजा तामाङले राहादानी बनाउन आएकी थिइन् । राहादानी काम लाग्न सक्छ भनेर बनाउन आएकी उनले राहादानी विभागको नियमले आफूलाई हतोत्साही बनाएको प्रतिक्रिया दिइन्।

लामाले भनिन्, ‘गाउँबाट पासपोर्ट बनाउन जान झनै टाढा छ । घरिघरि धाइरहनुपर्र्ने डरले सिफारिस लिएर यहाँ बनाउन आउँदा यो दुख पाइयो ।’ रातो कपालको फोटो काम नलाग्ने नियम आफूलाई थाहा नहुँदा बाध्य भएर बुट पालिस दल्नु परेको उनले जनाइन्।

राहादानी विभागका धेरै प्रक्रिया पार गरेपछि फोटो खिच्ने स्थानसम्म आइपुग्दा कपालकै कारण अयोग्य हुने बताएपछि जुत्ताको पालिस लगाउन बाध्य भएकी हुँ उनले भनिन्, ‘यो नियम सुन्दा सुरुमा निक्यै निकै रिस उठ्यो । गेटमै भनेको भए केही जुक्ती लगाउँथ्यांै।’

प्रहरीको क्यान्टिनमा कपाल रंगाएपछि फोटो खिचाएको र स्याम्पु किनेर कपाल धुन बाध्य भएको उनले जनाइन् । भनिन्, ‘पालिस लगाउँदा निकै अप्ठोरो लागेको थियो।’ अन्नपूर्णपोष्टले खबर छापेको छ।





Comments

comments

Leave a Reply

26202