ओबामासँग सेल्फी लिन खोज्दा जागिर चट

एजेन्सी/ अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सेल्फी लिने हुँदा अमेरिकाका एक व्यक्तिको जागिर चट भएको छ। कन्स्ट्रक्सनसम्बन्धी काम गरेका केनेथ टेट उनी अमेरिकास्थित ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ (सिडिसी) मा वार्षिक ४२ हजार डलरको आकर्षक तलबमा सेक्युरिटी गार्डको जागिर गर्न पुगेका थिए। तर, ओबामासँग सेल्फी लिन खोज्दा उनले जागिरबाट निकालिनुपरेको छ।

सेप्टेम्बरमा उनले राष्ट्रपति बाराक ओबामासँग सेल्फी लिन खोजेपछि सुरक्षा व्यवस्था कायम गर्न गम्भीर नभएको आरोपमा आफूलाई जागिरबाट निकालिएको केनेथले गुनासो गरेका छन्। यद्यपि, आफूले सेल्फी लिन खोज्दा सुरक्षा व्यवस्थामा कुनै प्रकारको जटिलता उत्पन्न नभएको र जागिरबाट निकालेर आफूमाथि अन्याय भएको आरोप उनले लगाएका छन्। अमेरिकी पत्रिका न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आफूसँग यस्तो अन्याय भएको समाचार नयाँपत्रिकामा प्रकाशित छ।

भएको के थियो ?
सात साताअघि १६ सेप्टेम्बरको दिउँसो राष्ट्रपति ओबामा सिडिसीको मुख्यालयमा इबोला महामारीसम्बन्धी ब्रिफिङ दिन पुगेका थिए । केनेथमाथि सिडिसीका उच्चपदस्थ अधिकारीलाई पूर्ण भरोसा थियो । त्यसैले बन्दुकसहित उनीहरूले केनेथलाई ओबामाका छेउमै रहने अनुमति दिए । सिकागोमा जन्मिएका अफ्रिकी मूलका अमेरिकी केनेथ ओबामाका ठूला फ्यान थिए।

त्यस दिनको घटनाबारे केनेथले भने, ‘लिफ्टबाट माथि चढ्दै गर्दा म ओबामासँगै थिएँ । त्यतिकैमा उहाँले मेरो हालखबरबारे सोध्नुभयो । राष्ट्रपति त्यसरी मसँग बोल्दा मैले आफूलाई ज्यादै भाग्यमानी महसुस गरिरहेको थिएँ।’

ब्रिफिङ समाप्त भएपछि ओबामा हलबाट निक्लने तयारी गर्दै थिए। उनका चारैतिर अमेरिकी गुप्तचर निकायका अधिकारी सुरक्षासम्बन्धी कारणले तैनाथ दिए । सरकारी गाडी ओबामाका लागि बाहिर राखिएको थियो।

ओबामा आफ्नो छेउमा भएको क्षणलाई केनेथले यादगार बनाउन चाहे । उनले तत्कालै आफ्नो सेलफोन निकाले र ओबामासँग सेल्फी लिन खोजे । तर, त्यो क्षण उनका लागि साँच्चिकै यादगार बन्न पुग्यो । किनकि, यही प्रयत्न गर्दा उनले जागिरबाट निकालिनुपर्‍यो । राष्ट्रपतिसँग सेल्फी लिन खोजेर केनेथले ओबामाको सुरक्षा गम्भीरतालाई बेवास्ता गरेको गुनासो गुप्तचर निकायका अधिकारीले सिडिसीसँग गरेपछि उनलाई जागिरबाट निकालियो।

अनुसन्धानले यस्तो देखायो
राष्ट्रपतिसँग हतियारधारी मानिसले जथाभावी सेल्फी लिन खोजेको सम्बन्धमा अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानबाट केनेथले सिडिसीले उपलब्ध गराएको बन्दुक बोकेको देखिएको र यो आपत्तिजनक भएको निष्कर्ष निकालिएको थियो । केनेथको यस्तो कार्यबाट सेक्रेट सर्भिस प्रोटोकल उल्लंघन भएको र सुरक्षामा चुनौती सिर्जना भएको निष्कर्ष निकालिएको थियो । ओबामासँग लिफ्टमा हतियारधारी मानिसलाई रहन दिएकालगायत कारणले गुप्तचर निकायले गल्ती गरेको भन्दै विवाद भएपछि गुप्तचर विभागकी डाइरेक्टर जुलिया पियर्सनले पनि राजीनामा दिनुपरेको थियो।

केनेथ भन्छन्, ‘अनुसन्धानअनुसार मलाई लिफ्ट ओबामासँग रहेका हतियारधारी अज्ञात व्यक्ति भनिएको छ। मलाई मेरो बोसले राष्ट्रपतिसँग रहन निर्देशन दिनुभएको थियो। यसमा मेरो केही दोष थिएन।’ सेल्फी लिन खोज्नुलाई नै अपराध मानेर आफूमाथि कारबाही गरिएको भन्दै उनले गुनासो गरेका छन्। अहिले केनेथ बेरोजगार छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2626