काठमाडौँ। केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ।
उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । काठमाडौँ उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो।