बम्जनको आश्रममा निषेध

सिन्धुपाल्चोक — सञ्चलाल सहित ३ आनी बेपत्ता पारेका आरोपी रामबहादुर बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध गरिएको छ ।

इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित जंगलको आश्रम क्षेत्रमा अनुयायीबाहेक कसैले जान पाउँदैनन् ।

शुक्रबारदेखि अनुसन्धानमा व्यस्त सीआईबी फोरेन्सिक विज्ञसहितको टोलीले आइतबार आश्रमभन्दा ३ सय मिटर पर तरकारी बारीमा शंकास्पद स्थान उत्खनन गर्दा आठवटा नुनको खोल बरामद गरेको थियो। ‘त्यसपछि आश्रमस्थलमा जान प्रतिबन्ध लगाएको छ,’ इन्द्रावती गाउँपालिका बाडेगाउँका लक्ष्मण थापाले भने।

पहिले पनि आश्रममा संघका सदस्य या अनुयायीबाहेक अरूलाई जान दिइएको थिएन। त्यहाँको गतिविधिबारे ध्यानमा बिघ्न पर्ने भन्दै जानकारी दिइन्थ्यो। बीचमा प्रहरीले अनुसन्धानमा राखेपछि आश्रमबाट कसैलाई आउन रोक लगाएको खबर कान्तिपुर दैनिकमा छ।

तीनदिने अनुसन्धान सकेर पाएको नुन मिसिएको माटोसँगै छेउमा प्राप्त कोइलाबारे परीक्षण भइरहेको प्रहरीले जनाएको छ। ‘१५ फिट गहिरो खनिसकेपछि पत्रेढुंगासहित नुनको खोल र कोइला अवशेष फेला पर्‍यो, त्यसको परीक्षणसँगै थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले भने।





Comments

comments

Leave a Reply

26423