सामाजिक सञ्जालमा गायिका विष्णु माझीको चर्चा

स्याङ्जा — स्याङ्जाकी लोकगायिका विष्णु माझीले किन मुख ढाकिन् ? धेरैले यतिबेला प्रश्न गरेका छन्।

उनी गुमनाम भएको समाचार आएसँगै जिल्ला प्रहरीले खोजी गरेको थियो ।

आइतबार स्याङ्जा प्रहरीको सम्पर्कमा आएकी उनले मुखमा कालो मास्क र कालो पछ्यौराले टाउकोसम्म छोपेकी थिइन्। अपराध गरेका व्यक्तिको भन्दा उनको व्यवहार फरक थिएन। ओभरकोट र लुङ्गीमा सजिएकी उनको अनुहार कसैले चिन्न सकेन। सेलिब्रेटी गायिका विष्णु हो भनेर सँगै ओहोरदोहोर गर्ने प्रहरीले समेत चिन्न सकेनन्। अनुहार छोपेको उनको फोटो कान्तिपुर पत्रिका र अनलाइनमा छापिएसँग प्रश्न उठ्न थालेको हो।

सामाजिक सञ्जाल फेसबुकमा चारैतिर माझीकै चर्चा छ। उनी गायिका हुन् कि अपराधी? सञ्चारकर्मी राजकुमार सिग्देल फेसबुकमा लेख्छन्, ‘विष्णु माझी अभियुक्त जसरी पुलिसकहाँ पुगिछन्, मास्क लगाएर। उनी पीडित भनिएकाले पछिल्लो सार्वजनिक फोटोले धेरै प्रश्न अनुत्तरित लागे।’

स्याङ्जाकै एलपी ढकाल लेख्छन्, ‘उनी स्वेच्छाले भन्दा पनि दबाबमा अपराधीजस्तै बनेर हिंडिछन्। मुख देखाएर हिंड्न उनलाई स्वतन्त्रता छैन।’ उनी स्वरकी धनी छन्। उनले स्वर दिएका हरेक गीत चर्चाको शिखरमा पुग्छन्। यसो त उनलाई सार्वजनिक भइदिए, बाहिर आइदिए हुन्थ्यो भन्ने सबैको माग छ। सामाजिक सञ्चालमार्फत उनका फ्यानले सार्वजानिक गर्न यत्रतत्र माग गरिरहेका छन्। उनी भने यो कुरामा सरोकार राख्दिनन्। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

26425