Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मेरो मान्छेको शुभमुर्हत

शिशिर सिंखडा / एचकेनेपाल डट कम-
१८,कार्तिक, चितवन, रत्ननगर। फिल्म भेटी र लफडा निर्माण गरेका रत्ननगर निवासी निर्माता नारायण खतिवडाको तेश्रो फिल्म मेरो मान्छेको शुभमुर्हत गरिएको छ । शुभमुर्हतसंगै चित्रसारीबाटै फिल्मको छायाँकन सुरु गरिएको छ।

चितवनको चित्रसारीमा रहेको चित्रसेन बाबा मन्दिरमा निर्माता नारायण खतिवडाले नरिवल फुटाएर फिल्मको शुभमुर्हत गरेका हुन्। चित्रसेन बाबा मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्ममा राज सरगमले निर्देशन गरेका छन्।

शुभमुर्हत कार्यक्रममा निर्माता खतिवडाले मेरो मान्छेलाई भेटि र लफडाभन्दा राम्रो बनाउने दाबी गरे। प्रेमकथामा आधारित भएकाले फिल्म युवापुस्तामा लोकप्रिय वन्ने उनको भनाई छ।

फिल्मको करिब एक महिनामा छायांकन सक्ने निर्देशक राज सरगमले वताए। फिल्मको चितवनमा ५० प्रतिशत छायांकन हुनेछ। बाँकी छायांकन पोखरा,नवलपरासी,हेटौडा, काठमाण्डौ लगायतका स्थानमा हुनेछ।

फिल्ममा नायक दिपक ढकाल र अनिल अधिकारी तथा नायिकामा सगुन शाही र स्मीता थपलियाको भुमिका रहने छ। त्यसैगरी सुरबीर पण्डीत,गणेश उप्रेती, रमेश लोहोनी,रबिन कथायता, राज यादब ,आजाद खान लगाएतका कलाकारको पनि अभिनय रहने जनाईएको छ।

नायक अनिल अधिकारी र कलाकार रमेश लोहनी रत्ननगरका सफल व्यवसायी समेत हुन्। यस भन्दा अघि म्युजिक भिडियोमा अधिकारी र लोहनीले अभिनय गरिसकेका छन्। निर्देशक सरगमले फिल्ममा माया प्रेमको बिषयबस्तु लाई कलात्मक तरिकाले देखाउन खोजेको जानकारी दिए। फिल्ममा शाइमन राजबंशी र राम रिमालको नृत्य निर्देशन ,शंकर महर्जनको द्धन्द्ध निर्देशन रहनेछ भने संगीत अर्जुन पोखरेलको रहेको छ।





Comments

comments

2649