Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अमेरिकाको निर्वाचनमा नेपाली चेली डा. अमृता रेग्मी पराजित – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाको निर्वाचनमा नेपाली चेली डा. अमृता रेग्मी पराजित

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, १८ कार्तिक। नोभेम्बर ४ तारिखमा भएको अमेरिकाको निर्वाचनमा जर्जिया एटलान्टा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डेमोक्रेटिक दलकी नेपाली चेली डा. अमृता रेग्मी पराजित भएकी छन्।

उनी रिपब्लिकनका थोमस आर (टम राइस)संग चुनाब हारेकी हुन्। उनी जर्जिया प्रतिनिधिसभा क्षेत्र ९५ बाट चुनाबबाट उम्मेदवारी दिएकी थिइन्। उक्त क्षेत्र रिपब्लिकनहरुका गढ मानिन्छ भने रिपब्लिकनका टम राइस उक्त क्षेत्रमा १७ बर्षदेखि प्रतिनिधित्व गर्दै आएका छन्।

डा. अमृता रेग्मीले कुल ३८ प्रतिशत (५,७ ९०)मत प्राप्त गरेकी थिइन् भने रिपब्लिकनका थोमस आर (टम राइस)ले ६२ प्रतिशत (९,५ ९२ )मत प्राप्त गरेका थिए।

रेग्मीको उम्मेदवारीमा प्रथम चरणमा डेमोक्र्याटिक दलका कुनै पनि उम्मेदवार खडा नभएको कारण प्राथमिक चरणमा उनले चुनाब स्वत जितेकी थिइन्। तर, नोभेम्बर ४ तारिखको निर्वाचनमा रिपब्लिकन दलका प्रभावशाली प्रतिद्वन्दी टम राइससंग प्रतिस्पर्धा गर्नु परेको थियो।

अमेरिकामा हालसम्म कुनै पनि नेपालीमूलका उम्मेदवार निर्वाचनमा बिजयी हुन सकेका छैनन्। अमेरिकामा सन् २०१२ मा वाशिंगटनबाट दर्शन रौनियार प्रथम चरणको निर्वाचन २०१४ मा, म्यारिल्याण्डको प्राथमिक चरणको निर्वाचनमा ह्यारी एच बि भण्डारी र नोभेम्बर ४, २०१४ तारिखमा भएको निर्वाचनमा ड रेग्मीसमेत गरि तीन जना नै पराजित भएका छन्। उत्तर अमेरिकाको क्यानाडामा भएको निर्वाचनमा बेन्जामिन शर्मा पनि २०१४ मा पराजित भएका थिए भने उनीसमेत लगाएर उत्तर अमेरिकाबाट ४ जना नेपालीमूलका सबैले चुनाबमा पराजय भोगेका छन्।





Comments

comments

2484