काठमाडौँ, संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन्।
सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ।
सांसदहरुमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्र्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेका छन्। नयाँ पत्रिका दैनिकमा खबर छ।