भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने

काठमाडौँ – भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो।

नेपालमा खेलकुदका ठूला कार्यक्रम गर्न काठमाडौँमा खुला ठाउँ अभाव भएका कारण खेलकुद मन्त्रालयले यस्तो रंगशाला भक्तपुरमा निर्माण गर्न सकिने सहरी विकास मन्त्रालयसँग प्रस्ताव गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।

यसमा सहरी विकास मन्त्रालय पनि सहमत भइसकेको र तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने मन्त्रालयबीच प्रारम्भिक छलफलमा सहमति भएको छ।





Comments

comments

Leave a Reply

26648