युवतीहरु ‘साइबर रेप’को पासोमा

काठमाडौं, सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौन सम्बन्धसम्म पुग्ने त चलेकै थियो।

गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कंदै गएको देखिएको छ।

अश्लिल तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरुलले ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रुपान्तरण भएका छन् । यिनमा धेरै जसो पीडित १८ वर्षमुनिका देखिन्छन् । कान्तिपुर दैनिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

26675