कसैको अनुहार पनि हेरिँदैन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्।

‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं,’ सशस्त्र प्रहरीको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’

शक्तिको आडमा आफैं भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई माफी दिन नसकिने बताए। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले लडाइँ र द्वन्द्व सकिए पनि केहीले द्वन्द्व निम्त्याउन खोजेको भन्दै त्यसलाई असफल पारिने बताए। ‘अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने गर्देछ द्धन्द निम्त्याउन खोज्नु हुँदैन अब मुलुक समृद्धिको मार्गतर्फ अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने। यो नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26710