विमानस्थलमा सुन जाँच गर्ने सुब्बाविरुद्ध १४ करोड भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायव सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मद्दा दायर गरिएको छ।

३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ। उनी रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन चलाउने) हुन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(२) अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख बिगो मागसहित मुद्दा दायर भएको छ। उनी सुन तस्करीको आरोपमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

26718