तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने एसपी हटाइए

काठमाडौँ । तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन्।

बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट भएको र तामा भएको खुलेको थियो।





Comments

comments

Leave a Reply

26724