निर्मला हत्या अभियुक्तका स्केच जति बनाए पनि सबै फेल

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तको खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएको छ।

गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । त्यसयता प्रहरीले बलात्कार तथा हत्याको आशंकामा अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरीले जनाएको छ।

‘कुनै व्यक्तिमाथि कसैले शंका गर्दा प्रहरीले त्यसमा सूक्ष्म निगरानी राखी स्केच बनाएरै अनुसन्धान गर्दै आएको छ तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन,’ प्रहरी स्रोतले भन्यो।

स्रोतका अनुसार हालसम्मको अनुसन्धानका क्रममा प्रहरीले करिब एक दर्जन व्यक्तिको स्केच बनाइसकेको छ भने हत्याको आशंकामा १ हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ।

बलात्कार तथा हत्याबारे अनुसन्धान गर्न कञ्चनपुर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीसहित स्थानीय प्रहरी टोली र स्केच बनाउन खटिएको विशेष टोलीले संयुक्त रूपमा हत्या प्रकरणको अनुसन्धान जारी राखेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले भने निर्मला हत्या प्रकरणमा प्रहरीले गम्भीरतासाथ अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै परिणाम प्राप्त भइनसकेको बताए । राजधानी दैनिकमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

26772