छिमेकी युवाबाटै ११ वर्षीया बालिका बलात्कारपछि हत्या

विराटनगर । विराटनगर महानगरपालिका–८ की ११ वर्षीया बालिका रूपमती दासलाई आफ्नै छिमेकका युवाले सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको छ।

नेमा भन्ने छिमेकीकहाँ टिभी हेर्ने भन्दै गत १२ माघ साँझ घरबाट गएकी रूपमतीको शव भोलिपल्ट दिउँसो घरनजिकैको सिँघिया खोलाको किनारमा नग्न अवस्थामा फेला परेको थियो।

बालिकाको हत्या भएको एक सातापछि प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। बालिका रूपमतीलाई अपहरण गरी सामूहिक बलात्कारपछि हत्या गर्नेमा २५ वर्षीय अब्बास अन्सारी र १९ वर्षीय चन्दु महतो छन्।

प्रहरीले दुवैविरुद्ध जबर्जस्तीकरणी र कर्तव्यज्यान आरोपमा मुद्दा दर्ता गराएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

26774