Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सार्क शिखर सम्मेलनको लागि ३२ गाडी भाडामा, ६ वटा बुलेटप्रुफ ‘पैंचो’

काठमाडौं, २० कात्तिक। आशन्न सार्क शिखर सम्मेलनमा विशिष्ट पाहुनाले प्रयोग गर्ने गरी भारतबाट भाडा तथा पैंचोमा गाडी काठमाडौं लैजाने टुंङ्गो भएको छ।

एघार दिनका लागि प्रयोगमा आउने गाडी १९ नवेम्भर-मंसीर ३ मा काठमाडौं पुग्ने र २९ नभेम्भर ९ मंसीर १३मा दिल्ली फिर्ता हुने समाचार कान्तिपुर दैनिकमा छापिएको छ। गाडी सेवा–सुविधा र लजिष्टिकबारे निर्णय गर्न दिल्ली आएका परराष्ट्र सहसचिव खगनाथ अधिकारीले सार्क सम्मेलनको प्रयोजनमा ३२ वटा मर्सिडिजरबीएमडब्लु भाडाशर्तमा र ६ वटा बुलेट–प्रुफ बिशेष गाडी पैंचोस्वरुप काठमाडौं लगिने सहमति भएको जानकारी दिए।

भारतीय विदेश मन्त्रालयको समन्वयमा निजी क्षेत्रबाट लगिन लागेका ३२ गाडीको ११ दिनको प्रयोगबापत १ करोड ३५ लाख भारु ‘भाडाखर्च’ लाग्नेछ। यसबाहेक, नेपाली भूमीमा नेपाली चालकले यी गाडी कुदाउने प्रबन्धमा बिमा÷सुरक्षाबापत थप खर्च लाग्न सक्ने देखिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना साथमा २ वटा बुलेटप्रुफ गाडी लिएर जाने भएकाले बाँकी आवश्यक छ वटा गाडी भारतीय सरकारको सदासयतामा ‘पैंचोस्वरुप’ लगिने भएको छ। निजी क्षेत्रबाट लगिने गाडीका हकमा पनि भारत सरकारले ‘आवश्यक समन्वय’ गरिदिएकाले यसमा ‘बिडिङ’ लगायतका प्रकृयामा लाग्नु जरुरी नरहेको दुतावासका एक अधिकारीले बताए।





Comments

comments

2688