Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

७ किलो सुनसहित भरिया पक्राउ

काठमाडौं, २० कात्तिक। सात किलो सुनसहित एक भरियालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा यात्रुबाहक बसमा झापाबाट काठमाडौं आउँदै गरेका दोर्जे शेर्पा रहेका छन्।

शेर्पालाई महानगरीय प्रहरी वृत्त थानकोटको प्रहरीले बुधबार पक्रेको हो। शेर्पाको कम्मरमा १ किलो दरको सात वटा सुनको बिस्कुट बाँधेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तिब्बतबाट आउने पासाङ नाम गरेका व्यक्तिले काठमाडौंसम्म पुर्याुउन ५० हजार दिएको प्रहरीसमक्ष बयान दिएका छन्। उनले ४० हजार पहिल्यै लिएको र बाँकी काम सकेपछि पाउने शर्तमा सो काम गरेको बताएका छन्। ताप्लेजुङ तापुङ–४ घर भएका उनी हाल जोरपाटीमा बस्दै आएको जनाइएको छ।





Comments

comments

2690