Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाले नेतृत्वको आलोचना

काठमाडौ, २१ कार्तिक। एमाले सभासहरुले काँग्रेससंग सहमति गर्ने क्रममा संविधान निमार्णबारे पार्टीका पूर्ववत् धारणा परिवर्तन गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन्।

संसदीय दलको बिहीबारको बैठकमा उनीहरुले चुनावमा जाँदा गरेको प्रतिबद्धतामा पार्टी अडिनु उपयुक्त हुने भन्दै अझै त्यसका लागि पहल गर्न नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन्। एमालेले राज्यपुनर्संरचना, शासकीय स्वरुप लगायतका बिषयमा पूर्वधारणा परिवर्तन गर्दै काग्रेससंग सहमति गरेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

संविधान सभाको सबैधानिक राजनीतिक संवाद तथा सहमति समितमिा काग्रेस- एमाले यसै साता पेश गरेको संयुक्त धारणामा साझा पहिचान झल्किने खालका सात प्रदेश र सुधारिएका संसदीय व्यवस्थामा जाने उल्लेख छ। तर एमालेले चुनावमा जाँदा बुहपहिचान सहितका सात प्रदेश र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप अपनाउने घोषणा गरेको थियो।

यी दुबै अडान नछोड्नु राम्रो हुने भन्दै सभासद्हरुले नेतृत्वलाई दबाब दिएका छन्। ‘पार्टीले गरेका निर्णयहरुमा अडिएर जान सक्दा राम्रो हुन्छ भन्ने सझुाव सभासद्हरुको थियो’ सभासद् शेरधन राईले भने,’ सात प्रदेश र त्यसको बुहपहिचानमा आधारित नामाकारण भनिएको थियो त्यसमै जानु उपयुक्त हुन्छ ।’ काँग्रेससंगको सहमतिमा साझा पहिचान झल्किने गरी सात प्रदेशको नामारण गरिएको छ।

शासकीय स्वरुपमा दुई बर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने गरी सुधारिएको संसदीय व्यवस्था अबलम्बन गर्ने उल्लेख छ।

‘पार्टीकाले बनाएको धारणाहरुलाई बोकेर त्यसमै सहमति खोज्न सकिन्छ त्यसका लागि पलह गर्न नेतृत्वलाई सभासद्हरुले सुझाव दिएका छन्’ सभासद् यज्ञराज सुनुवार भने। निर्वाचन प्रणालीमा पनि तल्लो सदनलाई प्रत्यक्ष निर्वाचित मात्र बनाउदा समावेशी हुन नसक्ने भएकाले ख्याल गर्न सभासद्हरुले आग्रह गरेका छन्।





Comments

comments

2694