सडकमा अराजकता, नयाँबानेश्‍वरमा जे देखियो

काठमाडौ, २१ कार्तिक। हाम्रो सिट्ठीलाई न सवारी चालकले मान्छन्, न त पैदल यात्रुले। गुडिरहेको गाडीअगाडि हात फैलाएपछि मात्रै रोकिन्छ। पैदलयात्रुलाई हातैले ठेलेर रोक्‍किनुस् भन्नुपर्छ, राजधानीको व्यस्त चोक नयाँबानेश्‍वरमा खटिएका एक ट्राफिक प्रहरी जवानले दुस्ख पोखे।

बिहान साढे नौदेखि दुई घन्टा बसेर नयाँबानेश्‍वरचोकमा नियाले काठमाडौंको सडक अराजकता प्रस्ट हुन्छ। पैदलयात्रुदेखि निजी तथा सार्वजनिक सवारीसाधनका चालक कोही पनि सडकमा एकै मिनेट रोकिन चाहँदैनन्। ट्राफिक प्रहरी सिट्ठी फुकिरहेका हुन्छन्, गाडीहरू हर्न बजाइरहेका। पैदलयात्रु हुइँकिएको गाडीलाई बेवास्ता गर्दै बाटो काट्दै हुन्छन्। चार ट्राफिक प्रहरी चारवटै सडकको मुख्यचोकमा सिट्ठी फुक्नमै व्यस्त। एउटा अव्यवस्थित सहरको अव्यवस्थित चोक हो यो।

तीन वर्षदेखि आकासे पुल पर्खिरहेको बानेश्वर सडकमा न्यूनतम भौतिक पूर्वाधार छैन। सडकमा जेब्राक्रस देखिँदैन, लेन बनाइएको छैन। ट्राफिक बत्ती बिग्रिएको तीन वर्ष भइसक्यो। ट्राफिक प्रहरीको सिट्ठीको भरमा धानिएको छ बानेश्वरको सवारी व्यवस्थापन।

बूढाबूढी र बच्चामात्र होइन, स्कुल तथा कलेज पोसाकमै बाटो काट्ने विद्यार्थीमा समेत नियम पालना गर्ने चेतना देखिँदैन। ट्राफिकले इसारा गर्नेबित्तिकै गुटुटुटु दौडिएर बाटो काट्छन्। विपरीत दिशाबाट गाडी आएको थाहा हुँदाहुँदै बाटो काट्दा दोष कसलाई दिने? सवारी चालकमा देखिएको हतारले कुनै पनि बेला दुर्घटना निम्त्याउनसक्छ। पैदलयात्रुको हूलले बाटो काट्न लागेको देख्दादेख्दै किचौंलाझैं गाडी हाँक्ने चालकको लापरबाही रोक्ने हिम्मत ट्राफिक प्रहरीले गर्दैनन्।

बुटवलबाट कामका लागि काठमाडौं आएका पूर्णप्रसाद सापकोटालाई बानेश्‍वरचोकमा बाटो काट्न झन्डै पाँच मिनेट लाग्यो। उनले ट्राफिकले गाडी रोकेपछि मात्रै नियम पालना गर्दै बाटो काटे। जबर्जस्ती बाटो काटौं भने गाडीले हानिदेला भन्‍ने डर।

तीन वर्षदेखि आकासे पुल पर्खिरहेको बानेश्वर सडकमा न्यूनतम भौतिक पूर्वाधार छैन। सडकमा जेब्राक्रस देखिँदैन। लेन बनाइएको छैन। ट्राफिक बत्ती बिग्रिएको तीन वर्ष भइसक्यो। ट्राफिक प्रहरीको सिट्ठीको भरमा धानिएको छ बानेश्वरको सवारी व्यवस्थापन।

मारौंलाजसरी गाडी हाँकिरहेका छन्। एकछिन कुरेर बाटो काट्दा आफू पनि सुरक्षित, सापकोटाले सवारी बेथितिबारे भने। उनले सडक व्यवस्थापन चुस्त नहुनुमा व्यस्त सडकमा जेब्राक्रस नराख्ने सरकार, एकछिन रोकिने फुर्सद नभएका सवारी चालक, पैदलयात्रु र कडाइसाथ नियम पालना नगर्ने ट्राफिक प्रहरी सबै दोषी रहेको बताए।

काभ्रेबाट बानेश्वरमा काम गर्न आइपुगेका दिनेश अधिकारी दुर्घटना हुनबाट धन्न जोगिए। बाटो काट्दै गर्दा बसले झन्डै सोहोरेन। सडक बेथितिबारे उनले भने, सबैलाई हतार छ, कसलाई के भन्ने?

सवारी चालकको त कुरै छाडौं, चेतना नै नभएको हो कि बुझपचाएको, बुझ्नै गाह्रो। यस्तो व्यस्त सडकमा आकासे पुल त हुनुपस्यो नि। बाटोमा कुनै संरचना नभएपछि दुर्घटना भयो भने दोष कसलाई दिने, चालक कि पैदलयात्रुलाई सवारी व्यवस्थापनमा खटिएका एक ट्राफिक जवान भन्छन्, हेर्नोस्, अफिस टाइममा बाटो काट्ने एक हूलमा सयौं पैदलयात्रु हुन्छन्। गाडीको चाप रोकिँदैन। पैदलयात्रुलाई रोक्दा केही सीप नलगागेपछि बरु आफैंलाई किचोस् भनेर गुडिरहेको गाडी रोकेर पैदलयात्रुलाई बाटो कटाउनुपर्छ।

असिनपसिन भएका ती जवानले सडकमा भौतिक पूर्वाधार विकास नगरेसम्म यो समस्या ज्युँका त्युँ रहने ठोकुवा गरे। कम्तीमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र लेन राखिदेऊ भनेर सम्बन्धित ठाउँ गुहास्यौं तर काम कहिल्यै हुँदैन उनले भने।

सडक व्यवस्था विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले जेब्राक्रसिङ र लेन बनाउने ठेक्का पाएको ठेकेदार भागेकाले समयमै काम गर्न नसकेको लाचारी व्यक्त गरेको समाचार अन्नपूर्णपोष्टमा छापिएको छ। ठेकेदार सम्पर्कमा आएको एक साता मात्रै भयो, अब छिट्टै काम सुरु हुन्छ। चाँडै जेब्राक्रसिङ र लेन बनाउँछौं। ट्राफिक बत्ती भने सडक विस्तारका क्रममा तार काटिएकाले नयाँ नै राख्‍नुपर्छ।





Comments

comments

2696